Comments Add Comment

प्रियंका र आर्यनलाई यसरि लाग्यो होली


फागू पूणिर्माको अवसर पारेर सार्वजनिक गरिएको चलचित्र ‘बटरफ्लाइ’को ‘होली रे होली’ बोलको गीतले दर्शकको मन जितिरहेको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र आर्यन अधिकारीलाई फिचर गरिएको छ । चलचित्रमा नायक अर्पण थापाको पनि मुख्य भूमिका छ ।

यो गीतमा राजेशपायल राइ र माण्डवी त्रिपाठीको स्वर, विकास चौधरीको संगीत, प्रमोद ढुंगानाको शब्द छ । सुरेश बज्रचार्यको छायांकन रहेको यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

ओम प्रतिकको निर्देशनमा तयार भएको यो चलचित्रलाई पुष्पाञ्जली अधिकारीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता रमेश प्रजापति छन् । होलीको अवसरमा यो गीत अहिले श्रोताको मुखमा झुण्डिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment