Comments Add Comment

नजिक बन्दै आर्यन र प्रियंका


केहि दिन अगाडि नायिका प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘कथा काठमाण्डु’को घोषणा कार्यक्रम आयोजना भएको थियो । सो, कार्यक्रम सकिएपछि नायक आर्यन अधिकारी कार्यक्रमस्थल पुगे । आर्यन, प्रियंकासँग ४ बजे कतै जानुछ भन्दै उनलाई लिन त्यहाँ पुगेका थिए ।

प्रियंका मिडिया इन्टरभ्यूमा व्यस्त रहेकाले आर्यन छटपटिदै केहि समय उनलाई पर्खिए र लिएरै गए । चलचित्र ‘बटरफ्लाई’मा एकसाथ काम गरेपछि नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्की नजिक देखिएका छन् । आइतबार होली खेल्न पनि आर्यन र प्रियंका धेरै ठाउँमा एकसाथ नै पुगे ।

आर्यनले कार चलाएका थिए भने प्रियंका उनीसँगै थिइन् । नायिका करिश्मा मानन्धरले आयोजना गरेको होली विशेष कार्यक्रममा पनि यो रिल लाइफको जोडीको केमेष्ट्री लोभलाग्दो देखियो ।

यसअगाडि पर्दा शेयर गरेका कुनै नायकसँग प्रियंका यति नजिक भएकी थिइनन् । नायक दयाहाङ राइसँगको निकट रहेको चर्चा चलिरहँदा प्रियंका अहिले आर्यनसँग बढी घुलमिल हुन थालेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment