Comments Add Comment

‘हिटलर’की सामिया


नेपाली चलचित्र क्षेत्रमा यूवा यूवतीको आकर्षण बढ्दो छ भन्ने वुझ्न, यहाँ आउन चाहनेहरुको भीड हेर्दा पनि थाहा हुन्छ । नायक-नायिकादेखि विभिन्न विधामा काम गर्ने सोच बोकेर सयौ यूवायूवती यो क्षेत्रमा प्रवेश गरेका छन् ।

चलचित्र ‘हिटलर’का लागि लामो समयको खोजी पछि निर्देशक सौरभ ढकालले फाइनल गरेका थिए, नव-नायिका सामिया बर्तौलालाई । सामिया नेपाली चलचित्रमा भोली कुन रुपमा अगाडि बढ्छिन्, भन्न सकिने अवस्था छैन ।
तर, निर्देशक ढकालको कुरालाई मात्र पनि मान्ने हो भने, सामियाले कुनै नयाँ कलाकारको जस्तो लाग्ने काम गरेकी छैनन् । सामिया पनि अब चलचित्र क्षेत्रमा नै अगाडि बढ्ने सोच बोकिरहेकी छिन् ।

मिडियाको अगाडि बोल्न अझै लजाउने सामिया समयसँगै अगाडि बढ्ने सुनाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment