Comments Add Comment

बर्षाको चलचित्र यात्रा, नयाँ स्टार बन्ने संभावना कति ?


नायिका रेखा थापापछि नेपाली चलचित्रमा त्यस्ता कुनै पनि नायिकाको उदय भएको छैन, जसले हरेक क्षेत्रमा आफ्नो प्रभाव जमाउन सकुन् । रेखापछि प्रियंका कार्कीको समय सुरु भएको भने हो । तर, प्रियंका रेखा जस्तो हरेक क्षेत्रमा भने फिट हुन सकेकी छैनन् । मोडलिङ, विज्ञापन र विदेशमा हुने कार्यक्रममा भने प्रियंकाको राज लोभलाग्दो छ ।

सायद, रेखा थापापछि देखिएको स्टारडमको भ्याकुमलाई प्रियंकाले केहि हदसम्म पुर्ती गरिरहेकी छिन् । अब, नेपाली चलचित्रमा प्रियंकापछि को भन्ने खालका चर्चा पनि सुरु नभएका होइनन् । कोहिले त केहि नायिकालाई अबको स्टार भनेर ट्याग लगाइदिएका पनि छन् ।

सोमबार मात्र कलाकारहरुको छाता संगठन कलाकार संघले नायिका बर्षा राउतलाई यो बर्षको ‘नव-प्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गर्‍यो । पुरस्कार ग्रहण गर्न नायिका राउत सारी लगाएर कार्यक्रममा पुगिन् ।

कलाकार संघले यस अगाडि पनि नयाा नायिकाहरुलाई प्रोत्साहन पुरस्कार प्रदान नगरेको होइन । तर, यो पुरस्कार प्राप्त गर्ने सबै नायिका सफल भएका छन् भन्ने होइन ।

यो बर्ष आयोजना भएका सबैजसो अवार्ड कार्यक्रममा नायिका साम्राज्ञीराज्य लक्ष्मीको बर्चस्व रहन पुग्यो । जसले, बषर्ालाई धेरै नै घाटा लागेको देखिएको छ । चलचित्र बजारमा अहिले, साम्राज्ञी र बर्षालाई अबको स्टार भनेर चर्चा गर्ने गरिन्छ ।

चलचित्र ‘मेरो पैसा खोइ’का लागि बर्षाले मागेको पारिश्रमिक दिएको र उनी स्टार भैसकेको धारणा यसका निर्देशक रोज राणाले राखेका थिए । यो बर्ष रिलिज भएका ‘छक्का पन्जा र जात्रा’ जस्ता चलचित्रको बम्पर व्यापारले नायिका राउतलाई फाइदा पुगेको हो । यो बर्ष साम्राज्ञीको भने कुनै पनि चलचित्र रिलिज भएन ।

तर, म्यूजिक भिडियोबाट बर्षाले छोटो समयमा नै नेपाली चलचित्रमा राम्रै छलाङ मारेकी छिन् । उनको यो छलाङ केहि दिनका लागि मात्र भएन भने उनी नेपाली चलचित्र क्षेत्रकै प्रतिनिधित्व गर्ने स्टार बन्ने संभावना छ ।

बर्षासँग गरिएको ‘मस्ती टक’को भिडियोहरु यहाँ हेर्नुहोस्ः


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment