Comments Add Comment

बजाजले ल्यायो नयाँवर्ष योजना, हरेक बाइक किन्दा ७ हजार ४ सय जित्ने अबसर

काठमाण्डौ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँवर्ष २०७४ को योजना- ‘सुन्दर रमणीय नेपाल’सार्वजनिक गरेको छ ।

‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित नयाँ योजना शुरु गरेको हो ।

यो अभियानले नागरिकहरुवीचमा एकताको भावनालाई प्रबर्द्धन गर्नुका साथै एकआपसमा जोड्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । शक्तिशाली बडी भएकोले बजाज मोटरसाइकल कुनै पनि भौगोलिक बिबिधताका स्थानहरुमा भ्रमणका लागि सबै भन्दा उपयुक्त मोटरसाइकल बनेको छ । यसले गर्दा विभिन्न रोमान्चक  स्थानहरुको यात्रा गर्न र परम्पराहरुका साथै ऐतिहासिक महत्वको जानकारी लिन अभिप्रेरित गर्ने एचएच बजाजले बिश्वास लिएको छ ।

यसमा ‘रु.७४०० स्योर सट अफर’ स्कीमअन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल रु.७ हजार ४ सय नगद छुट पाउनेछन् । त्यसपछि खरिदकर्ताहरु स्वतः लक्कि ड्रमा समावेश हुनेछन्, जसमार्फत् एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्नका लागि ७४ हजार रुपैयाँ भ्रमण खर्च स्वरुप जित्न सक्नेछन् । दैनिक लक्की ड्रको घोषणा एभिन्यूज टेलिभिजनमार्फत बेलुकी ८ बजेको समाचारपछि प्रशारण गरिनेछ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले यो अभियानले मानिसहरुलाई नेपालको सुन्दर र मनोरम विविध भूगोलसँग एकआपसमा जोड्नका लागि प्रबर्द्धन गर्ने बताए । यसअघिका धेरै स्कीमहरु जस्तै यो नयाँ स्कीम पनि निकै लोकपि्रय हुने अपेक्षा गरेको गोल्छाले बताए ।

नेपालका सुन्दर दृष्यहरु अवलोकन गर्नका लागि youtube.com/pulsarnepal गई “उकाली ओरलीहरुमा” को कर्पोरेट भिडियो हेर्न सक्नु हुनेछ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि लोकपि्रय र ठूला नामहरु मध्ये एक हो जसले नौलो र रोमाञ्चक उत्सव योजनाहरु बजारमा ल्याई रहन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment