Comments Add Comment

प्रधानमन्त्रीले मधेसी मोर्चाका नेतालाई सिंहदरबार बोलाए

आन्दोलनका कार्यक्रम तयार पार्न मोर्चाको बैठक बस्दै

फाइल तस्वीर

२ चैत, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका मधेसी मोर्चाका नेताहरुलाई प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान सिंहदबारमा बोलाएका छन् ।

प्रधानमन्त्रीको निमन्त्रणालाई स्वीकार गर्दै मोर्चाका नेताहरु सिंहदरबारमा भेला हुँदैछन् ।

मोर्चाको मंगलबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । साथै सचिवालयले आन्दोलनको कार्यक्रमसमेत तयार पारिसकेको छ ।

मोर्चाको बुधबार दिउँसो १ बजे बबरमहलमा बस्ने बैठकले आन्दोलनको कार्यक्रम तय गर्ने बताइरहेका बेला प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान १० बजे मोर्चाका नेताहरुलाई सिंहदरबारमा छलफलका लागि बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment