Comments Add Comment

महिन्द्राका गाडी अब अनलाइन बुकिङ गर्न पाइने


२ चैत, काठमाण्डौ । महिन्द्राका दुई पाङ्ग्र तथा चार पाङग्रे गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले अनलाइन गाडी बुकिङ सेवा सुरु गरेको छ ।

अनलाइन अग्निमार्फत् अब उपभोक्ताले आफुले किन्न चाहेका गाडीबारे सवै सूचना पाउनुका साथै अनलाइनमार्फत् नै बुकिङ गरी किन्न सक्नेछन् । अनलाइन पेमेन्ट गेटवे इसेवामार्फत् गाडीको पैसा भुक्तानी पनि गर्न सकिने छ ।

तत्कालका लागि महिन्द्रा एक्सयुभी५००, टीयुभी३००, केयुभी१००, स्करपियो, थारलगायतका प्यासेन्जर भेहिकल तथा महिन्द्रा गुस्टो स्कुटर पनि अनलाइन बुकिङ गर्न पाइने छ ।

अहिलेका लागि काठमाण्डौ उपत्यका र बिदेशमा रहेका ग्राहकले मात्र अनलाइन बुकिङको सेवा उपयोग गर्न पाउने अग्नि इनकर्पोरेटले जनाएको छ ।

डिजिटल प्लेटर्फमको यो सुरुवात मात्र भएको भन्दै अग्निले आगामी दिनमा वेबसाइटमा थप गाडीहरु बुकिङ गर्ने सुविधा थप्नुका साथै प्रयोगकर्ता मैत्री बनाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment