बिहीबार, ११ जेठ, २०७४
OnlineKhabar.com

कालिञ्चोकमा हिउँसँग पौंठेजोरी (फोटो फिचर)

भरतबन्धु थापा

 

३ चैत, दोलखा । प्राकृतिक र धार्मिक यात्रा रुचाउनेहरुको लागि आकर्षक ठाउँ हो, दोलखाको कालिञ्चोक क्षेत्र । मनोरम हिमशृंखलाको अवलोकनसँगै कालिञ्चोक भगवतीको दर्शन पनि गर्न सकिने भएकोले धेरैका लागि एक पन्थ दुई काम हुने गर्छ ।

राजधानी काठमाडौं नजिकैको ठाउँ भएकाले आन्तरिक पर्यटकहरु सहजै यो ठाउँमा पुग्न सक्छन् । खासगरी हिउँदको बेला कालिञ्चोकमा हिउँसँग खेल्नेहरुको घुइँचो नै लाग्छ । चिसो याममा यस क्षेत्रमा दुई फिटसम्म बाक्लो हिउँ पर्छ । यसपालि पनि सबैतिर होली पर्वको रङ छाएको बेला कालिञ्चोक भने हिउँ परेर सेताम्मे देखियो ।

काठमाडौंबाट कालिञ्चोक पुग्न दोलखा सदरमुकाम चरिकोटसम्म पक्की सडक र त्यसपछि कच्ची सडकको यात्रा पार गर्नुपर्छ । करिब पाँच घण्टाको बसयात्रापछि चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्मको १७ किलोमिटर कच्ची बाटोमा जिपबाट जाने सुविधा छ । हिउँ परेको बेला भने जिपको यात्रा गाह्रो हुन्छ ।

कालिञ्चोक भगवतीको मन्दिर समुद्री सतहबाट तीन हजार आठ सय ४२ मिटर उँचाइमा छ । कुरी बजारदेखि एक घण्टा ठाडो उकालो हिँडेपछि मन्दिर पुगिन्छ । मन्दिर परिसरबाट रोल्वालिङ, लाङटाङ लगायत हिमशृंखला हेर्न सकिन्छ । मन्दिरमा जनै पूर्णिमा, दशैं तथा चैते दशैंमा कालिञ्चोकमा मेला लाग्छ ।

कालिञ्चोक क्षेत्रमा पर्यटकहरुको उल्लेख्य आगमनले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुगे पनि त्योसँगै केही समस्या पनि देखिएको स्थानीयले महसुस गरेका छन् । पर्यटकहरुले प्लास्टिकजन्य फोहोर यत्रतत्र फाल्ने क्रम बढेकोले तत्काल त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने पर्यटन व्यवसायी कुमार अधिकारीले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

२०७३ चैत ३ गते ११:५३ मा प्रकाशित (२०७३ चैत ४ गते ७:०७मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • Prekshya लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १२:०१

    Pls dherai yesto photo nahalau na ho , dherai garo bhaisakyo kahile pugne bhanera . Thnaks for support to explore and introdue our beauties .

    65
    2
    Share

  • Damber Lamichhane लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १२:१५

    काठमाडौंबाट कालिञ्चोक पुग्न दोलखा सदरमुकाम चरिकोटसम्म पक्की सडक र त्यसपछि कच्ची सडकको यात्रा पार गर्नुपर्छ । करिब पाँच घण्टाको बसयात्रापछि चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्मको १७ किलोमिटर कच्ची बाटोमा जिपबाट जाने सुविधा छ । हिउँ परेको बेला भने जिपको यात्रा गाह्रो हुन्छ ।

    13
    17
    Share

  • आलम्पुकाे गंगा लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १३:३८

    स्वर्गकाे एक टुक्रा जस्तै छ कालिन्चाेक ।यस्ताे भुमिमा जन्मेकाेमा आफुलाई भाग्यमानी ठान्छु।

    11
    2
    Share

  • Dharmaraj लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १३:४६

    beautiful

    7
    2
    Share

  • दिपक कार्की लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १३:४८

    मेरो देश मेरो आफ्नै देश नेपाल हो र यसका प्रकृतिक सोन्दर्य दुनियाका भन्दा उत्कृष्ट छन । कुनै माइकलाल ले सुइजर्लान्ड बनाउन पनि सक्दैन र हुँदैन । यो नेपाल हो ।

    9
    4
    Share

  • Dharmaraj लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १३:४८

    aati sundar

    5
    2
    Share

  • Sudip Ghimire लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १६:५०

    Kasto Switzerland jasto dekhiyako. Neta harule banayaki kya ho?

    6
    2
    Share

  • Rahul mahato लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १९:३२

    Awsome

    5
    0
    Share

  • min लेख्नुहुन्छ    |   २०७३ चैत १२ गते ११:५९

    any body have package to kalinchok. plz cal on 9861486704

    3
    0
    Share

  • Shanti Thapa लेख्नुहुन्छ    |   २०७४ वैशाख १२ गते १०:५३

    Waooo so nice ati ati sundar drishye mero des mero nepal

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this