Comments Add Comment

डाँकामा पनि नैतिकता हुन्छ, तर प्रचण्डमा भएनः बामदेव गौतम

३ चैत, धनगढी । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री प्रचण्डले पटक-पटक राजनीतिक बेइमानी गरेकाले उनी अनैतिक भएको टिप्पणी गरेका छन् ।

मेची-महाकाली अभियानका क्रममा कैलालीको धनगढीमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै गौतमले आफैं सम्मिलित सरकार र त्यसको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँदाहुँदै बिनाकारण सरकार गिराएर राजनीतिक बेइमानी गरेको आरोप लगाए ।

उनले भने, ‘डाँकाहरुमा त अलिकति नैतिकता हुन्छ, तर प्रचण्डमा त्यो देखिएन ।’

उनले नाकाबन्दीको डटेर सामना गरेको केपी ओली सरकार भारतले ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको बताए ।

देशी बिदेशी शक्ति मिलेर एमालेलाई समाप्त पार्न खोजेकाले मेची-महाकाली राष्ट्रिय अभियान सुरु गरेको गौतमले बताए ।

सरकारी कामकाजमा नेपाली भाषा परिवर्तन गरी हिन्दीलाई राष्ट्रिय भाषा कायम गर्ने योजनासहितको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने गौतमले प्रष्ट पारे ।

हिन्दीलाई सरकारी कामकाजको भाषा बनाइए तराईमा बोलिने भोजपुरी, मैथली, अवधी लगायतका भाषाहरु लोप हुने खतरा पनि नेता गौतमले औल्याए ।

त्यस्तै संशोधनको प्रयास गरिएको अंगीकृत नागरिकता सम्बन्धी व्यवस्था, प्रदेशको सीमांकन लगायत सबै प्रस्ताव राष्ट्रघाती रहेकाले संविधान संशोधन हुन नहुने गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment