Comments Add Comment

बजाजको डोमिनार ४०० आजबाट नेपाली बजारमा


३ चैत, काठमाडौं । बजाजले आज बिहीबारबाट नेपालमा आफ्नो नयाँ मोटरसाइकल सार्वजनिक गर्दै छ । गोल्छा अर्गनाइजेसन अन्तरगतको एचएच बजाजले डोमिनार ४०० विशेष समारोहकाबीच नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।

स्पोर्टी लुक्सको यो बाइकलाई विशेष गरी युवा पुस्ताले रुचाउने अपेक्षा गरिएको छ । मस्कुलर डिजाइनमा निर्माण गरिएको यो बाइकले क्रुजर बाइकको अनुभूति प्रदान गर्छ ।

यसको फरक प्रकारको हेडल्याम्पले बाइकको लुक्स नै परिवर्तन गरेको छ । यसमा पूरै डिजिटल स्पिडोमिटर छ । ३७४ सीसी क्षमताको यो बाइकमा ट्रिपल स्पार्क इञ्जिन छ । बाइकमा १२ भोल्टको एलइडी हेडल्याम्प छ । ६ गेयर रहेको यो मोटरसाइकल देख्नमा आकर्षक मात्रै छैन, उत्तिकै शक्तिशाली पनि छ ।

डोमिनार ४०० को दुबै रिङमा डिस्क ब्रेक छ । पछाडि जोडिएको मोनो सकले यसलाई उत्कृष्ट लुक्स दिएको छ । बजाज डोमिनारले प्रि मियम बाइक बजारमा आफ्नो पकड बनाउने अपेक्षा छ ।

डोमिनार सार्वजनिक भएपछि बजाजको ५ मोटरसाइकल ब्रण्ड हुनेछ । यसअघि बजाजका प्लाटिना, डिस्कभर, पल्सर र एभेन्जर बजारमा आइसकेका छन् । ३५ बीएचपी अधिकतम शक्ति र ३५ एनएमको टकको साथ यो डोमिनार आएको छ ।

यसको टप स्पिड १४८ किलोमिटर प्रतिघण्टा छ । यसले प्रतिलिटर झण्डै ३० देखि ३५ किलोमिटर माइलेज दिने अपेक्षा छ । यसको मूल्य कम्पनीले आजै सार्वजनिक गर्नेछ । प्रिमियम बाइक भएकाले यो तुलनात्मक रुपमा बजाजका अन्य बाकइकभन्दा महँगो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment