Comments Add Comment

‘छक्का पन्जा फेरि’ किन गरिनन् साम्राज्ञीले ?


केहि दिन अगाडि घोषणा गरिएको चलचित्र ‘छक्का पन्जा २’को नाममा केहि परिवर्तन गरिएको छ । निर्देशक दीपाश्री निरौलाले आज आयोजित एक कार्यक्रममा चलचित्रको नाम ‘छक्का पन्जा फेरि’ राखिएको जानकारी दिइन् । सबैले, ‘छक्का पन्जा फेरि’ राख्न सुझाव दिएकाले नाममा थोरै परिवर्तन गरिएको उनको भनाई छ ।
यो चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ । निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार चलचित्रको छायांकन बैशाखबाट गतेबाट सुरु गरिनेछ ।

दीपाका अनुसार २ जेनेरेशनको कथामा यो चलचित्र बन्नेछ । यसैविच, केहि दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै यसका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रका लागि २ जना चलेका नायक-नायिकालाई अफर गरेको बताएका थिए ।

चलचित्र ‘छक्का पन्जा’का कलाकारहरु दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की र बर्षा राउत नै ‘छक्का पन्जा फेरि’का मुख्य कलाकार हुन् । साथमा, २ चलेका नायक र नायिका राख्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

यसका लागि, यसको निर्माणपक्षले नायक प्रदिप खड्का र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहलाई अफर गरेको थियो । अनलाइनखबरलाई प्राप्त खबरअनुसार, प्रदिपले अहिलेसम्म चलचित्रका काम गर्ने वा नगर्ने बिषयमा जवाफ दिएका छैनन् । तर, नायिका साम्राज्ञीराज्यलक्ष्मीले भने यो चलचित्र नगर्ने भएकी छिन् ।

वुझिएअनुसार, साम्राज्ञी कोरियोग्राफर रेनशा वान्तवा राइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘इन्टु मिन्टु’मा काम गर्दैछिन् । ‘छक्का पन्जा फेरि र इन्टु मिन्टु’को छायांकन समय जुधेपछि उनले काम नगरेको वुझिएको छ ।

साथमा, चलचित्रमा ३ नायिका हुने भएकाले पनि साम्राज्ञीले काम नगरेको हुनसक्ने अड्कल लगाउन सकिन्छ । चलचित्रको प्रदर्शन मिति भदौ १६ लाई तोकिएको छ । निर्देशक दीपाश्री निरौलाले यो मितिमा चलचित्र प्रदर्शनको लागि मिहिनेत गर्ने बताइन् ।

साम्रज्ञीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment