Comments Add Comment

रेखाको आफ्नै स्टाइल


नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समयदेखि एक छत्र राज गर्दै आएकी नायिका हुन् रेखा थापा । रेखा थापाको उदय नेपाली चलचित्र क्षेत्रका लागि सुखद रहेको विश्लेषण गर्न सकिन्छ ।

गसिप, स्क्यान्डल र राजनीतिका कारण रेखाको करिअर सर्वाधिक चर्चित बन्न पुग्यो । चलचित्रको बक्स अफिस कलेक्शनले मात्र रेखालाई सुपरस्टार बनाएको होइन ।

नेपाली चलचित्र क्षेत्रमा नायकलाई समेत टक्कर दिन सक्ने एक मात्र नायिका बनिन् रेखा । साथमा, राजनीतिमा समेत उनको निकटताका कारण उनको चर्चा अझै चुलिएको हो ।

रेखा हालै मात्र राप्रपाको केन्द्रिय सदस्यमा विजयी भएपछि राजनीतिक यात्रामा सक्रिय रुपमा लागेकी छिन् । रेखाले १२ बर्ष लामो चलचित्र यात्रामा थुप्रै भोगाइहरु देखेकी छिन् । यसैले पनि भन्न सकिन्छ, ‘रेखाको आफ्नै स्टाइल छ’ ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment