Comments Add Comment

संघीय गठबन्धनले सात शहरमा जनप्रदर्शन गर्ने

३ चैत, काठमाडौं । संघीय गठबन्धनले प्रमुख सात शहरमा जनप्रदर्शन गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बिहीबार बसेको गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मधेसी मोर्चाले यसअघि नै आन्दोलन गर्ने घोषणा गरेको थियो । मोर्चासमेत आवद्ध गठबन्धनले मोर्चाको आन्दोलनलाई समेत जोडेर थप कार्यक्रम अघि सारेको छ ।

जसअनुसार गठबन्धनमा आवद्ध दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने र जनअबज्ञा तथा असहयोग आन्दोलन थाल्ने छन् । यस्तै चैत १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन ? भन्ने शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा सार्वजनिक सुनुवाई गर्ने, १३ गते श्रद्धाञ्जली सभा गर्ने र १४ गते स्थानीय तहको प्रतिवेदन जलाउने कार्यक्रम छ ।

गठबन्धनले १५ गतेदेखि देशका प्रमुखहरुमा जनप्रदर्शन गर्नेछ । १५ गते धनगढी, १६ गते कैलालीको अत्तरिया, १७ गते पोखरा, १८ गते उदयपुर, १९ गते दमक, २० गते हेटौडा र चैत २१ काठमाडौंमा जनप्रदर्शन तथा विरोध सभा गर्ने संघीय गठवन्धनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment