Comments Add Comment

प्रधानमन्त्रीको विश्वास-मधेसी मोर्चामा चुनावमा आउने वातावरण बन्छ

फाइल तस्वीर

३ चैत, काठमाडौं । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर असहयोग आन्दोलन घोषणा गरेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने मधेसी मोर्चा चुनावमा आउनेमा विश्वस्त देखिएका छन् ।

बिहीबार अपराहृन बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे मन्त्रीहरुलाई जानकारी गराएका छन् । कर्मचारी व्यवस्थापन लगायतका कारण स्थानीय चुनावका लागि विश्वसनीय बनेको उनले बताए ।

तर, संविधान संशोधनबारे भने अप्ठ्यारो कायमै रहेको उनले बताए । संशोधन अघि बढाउन आफूहरुलाई केही समस्या नभएको भन्दै उनले भने, ‘असफल हुँदा ठूलो समस्या आउँछ । सफल बनाउन सम्भव छैन, संख्या पुग्दैन ।’

तर, सरकार र आफू संविधान संशोधनबाट पछि नहटेको प्रधानमन्त्री प्रचण्डले बताए ।

राप्रपा अध्यक्ष कमल थापा सरकारमा आएपछि ठूलो मद्दत पुगेको र आफूसँग उपप्रधानमन्त्री थापाले मोर्चाका नेताहरुसँग लगातार सम्वाद गरेको भन्दै उनले भने, ‘(मधेसी मोर्चासँग) हिजो पनि सकारात्मक कुराकानी भएको थियो । तर, राति अचानक समर्थन फिर्ता लिने निर्णय भएछ ।’

यद्यपि अहिले नयाँ अवस्था सकारात्मक बनेको उनले बताए । एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले आजको बैठकबाट उहाँहरु निर्वाचनमा आउने वातावरण बन्छ भन्नु भएको छ । यसो भनिरहँदा उहाँमा एकदमै विश्वास देखिन्थ्यो ।’

तर, मधेसी मोर्चा कसरी चुनावमा आउने वातावरण बन्छ भनेर भने उनले खुलाएनन् ।

प्रधानमन्त्रीले यसो भनिरहँदा मधेसी मोर्चाका नेताहरु छलफलका लागि प्रधानमन्त्री कार्यालय पुगिसकेका थिए । र, मन्त्रिपरिषद् बैठक पनि छिट्टै सकाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment