Comments Add Comment

बजाजले दियो पल्सरको विकल्प, नेपाल आयो ‘डोमिनार ४००’


४ चैत, काठमाडौं । बजाजले नेपालमा आफ्नो नयाँ मोटरसाइकल ‘डोमिनार ४००’ सार्वजनिक गरेको छ । काठमाडौंमा विशेष समारोहकाबीच गोल्छा अर्गनाइजेसन अन्तरगतको एचएच बजाजले डोमिनार ४०० नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले डोमिनारले मुल्य, लुक्स, पावर र पफर्मेन्सका आधारमा नेपाली बजारमा उपलब्ध अन्य बाइकलाई ‘डोमिनेट’ गर्ने दावी गरेको छ ।

स्पोर्टी लुक्स र फिचर्सयुक्त यो बाइकलाई विशेषगरी युवा पुस्ताले रुचाउने अपेक्षा गरिएको छ । मस्कुलर डिजाइनमा निर्माण गरिएको यो बाइकले क्रुजर बाइकको अनुभूति प्रदान गर्छ ।

नेपाली मोटरसाइकल बजारमा ५० प्रतिशत हिस्सा ओगटेको बजाजले डोमिनार सार्वजनिक भएपछि त्यसलाई ८० प्रतिशतसम्म पुर्‍याउन सक्ने अनुमान गरेको छ ।

मोटरसाइकल सार्वजनिक गर्दै एचएच बजाजका म्यानेजिङ डाइरेक्टर शखर गोल्छाले भने-‘पल्सरले जसरी नेपाली सडकमा आफ्नो इतिहास कोरेको छ, यसले पनि आफ्नो सेगमेन्टमा आफ्नो छुट्टै इतिहास बनाउनेछ’ उनले भने,’पल्सरबाट अपग्रेड भएर स्तरीय र आकर्षक बाइक चढ्न चाहनेका लागि योबाहेक अर्को विकल्प नै हुने छैन ।’


यसको फरक प्रकारको हेडल्याम्पले बाइकको लुक्स नै परिवर्तन गरेको छ । यसमा पूरै डिजिटल स्पिडोमिटर छ ।

३७४ सीसी क्षमताको यो बाइकमा ट्रिपल स्पार्क इञ्जिन छ । बाइकमा १२ भोल्टको एलइडी हेडल्याम्प छ । ६ गेयर रहेको यो मोटरसाइकल देख्नमा आकर्षक मात्रै छैन, उत्तिकै शक्तिशाली पनि छ ।

डोमिनार ४०० को दुबै रिङमा डिस्क ब्रेक छ । पछाडि जोडिएको मोनो सकले यसलाई उत्कृष्ट लुक्स दिएको छ । बजाज डोमिनारले पि्रमियम बाइक बजारमा आफ्नो पकड बनाउने अपेक्षा छ ।

डोमिनार सार्वजनिक भएपछि बजाजको ५ मोटरसाइकल ब्रण्ड पुगेको छ । यसअघि बजाजका प्लाटिना, डिस्कभर, पल्सर र एभेन्जर बजारमा आइसकेका छन् । ३५ बीएचपी अधिकतम शक्ति र ३५ एनएमको टकको साथ डोमिनार आएको छ ।


यसको टप स्पिड १४८ किलोमिटर प्रतिघण्टा छ । यसले प्रतिलिटर झण्डै ३० देखि ३५ किलोमिटरसम्म माइलेज दिने छ । यो मोटरसाइकलको मूल्य नेपाली बजारमा ४ लाख ६९ हजार ९ सय ९९ रुपैयाँ तय गरिएको छ ।

६ स्पीड गियरबक्स रहेको यो बाइक ४६.१९ मटिरमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको समयमै शून्य ब्रेकिङ गर्न सक्छ । यसमा भएको एड्भान्स लिक्वीड कुलिङ सिस्टमले इञ्जिनको कार्यक्षमतालाई निरन्तरता दिँदै यात्राका लागि झनै सहज बनाउँछ ।

यो बजाजले उत्पानद गरेको बाइमध्ये सबैभन्दा एड्भान्स बाइक हो । ३२०० एमएमको फ्रन्ट डिस्क र २३० एमएम रियर डिस्कमा साथमा ड्यूल च्यानल एबीएस (एन्टि लक ब्रेकिंग सिस्टम)ले ब्रेकिङलाई सुरक्षित गर्छ ।


११०/७०को सेक्सन टायर फ्रन्टमा र १५०/६०को सेक्सन टायरको रियरका साथ १७ इन्चकामे एलोए ह्वील पनि यसमा छ । डोमिनार ४००मा मल्टी स्टेप एड्जस्टेबल मोनो सक पनि छ । यसको एलइडी हेडल्याम्प कुनै गाडीको लाइटभन्दा कमजोर छैन। राती सडकमा यो बाइकले आफ्नो शान विशेष रुपमा झल्काउन सक्छ ।

यो बाइकमा १४५३को ह्वील बेस छ । १३ लिटरको इन्धन ट्यांक रहेको यो बाइक १८२ केजीको हो । आरामदायक ह्याण्डलिङ, डाइनामिक स्थिरता र आकर्षक लुक्सले बाइकलाई शानदार बनाएको छ । यो बाकइकलाई ‘बिग ब्वाइ प्ले एट नाइट’ थिममा प्रवर्द्धन गरिनेछ ।


३ आकर्षक कलरहरूमा उपलब्ध बाकइले नेपाली प्रिमियम बाकइ बजारमा तकल्का मच्चाउने कम्पनीको दावी छ । यो बाकइक नेपालमा ४०० भन्दा बढी बजाज शो-रुमहरुमा उपलब्ध छ ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment