Comments Add Comment

फ्रेस फेसः म डाक्टर र फिल्मकर्मी दुवैसँग बिहे गर्दिनँः रेश्मा घिमिरे


आजबाट देशभरका हलमा रिलिज भएको चलचित्र ‘यो साइनो मायाको’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गरेकी नव-कलाकार हुन् रेश्मा घिमिरे । लभ स्टोरी यो चलचित्रमा रेश्माले जतिन ताम्राकारसँग रोमान्स गरेकी छिन् । रेश्मा चलचित्र क्षेत्रमा मात्र आवद्ध छैनन् । उनी, नर्स, गायिका, मोडल र नायिका पनि हुन् ।

उनले चलचित्रको पर्दामा देखिनु आफ्नो रहर भएको सुनाइन् । नर्सिङ पेशा भएको र नायिका बन्नु आफ्नो रहर भएको भन्दै यसलाई तुलना गर्न नमिल्ने उनले सुनाइन् ।

रेश्मासँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः


रेश्माका अनुसार नर्सिङ र चलचित्र दुई धारका पेशालाई अगाडि बढाउन सजिलो छैन । चलचित्र ‘यो साइनो मायाको’मा आफू साधारण यूवतीको कथामा देखिएको भन्दै उनले यसमा आफूले प्रेमीलाई साथ दिएको बताइन् । सुटिङको समयमा साना-साना बच्चाहरु अटोग्राफ भनेर आउँदा छुट्टै आनन्दको महशुश हुने उनले बताइन् ।

पहिलो चलचित्रमा काम गर्दा निकै मिहिनेत गरेको भन्दै उनले भनिन्-‘म राम्री भएकाले पनि केटाहरुले प्रपोज गर्दैनन् । यसको त प्रेमी होला नि भनेर कसैले पनि प्रपोज नगरेको उनको भनाई छ ।

आफूलाई चलचित्र क्षेत्रमा लागेको चलचित्रकर्मी र डाक्टर दुबैसँग बिहे गर्न मन नलागेको उनको भनाई छ । कस्तो केटा चाहियो त, उनले भनिन्-‘मलाई वुझ्ने, शंका नगर्ने, राम्रो हुनुपर्‍यो ।’

आफूलाई लभ गलको भूमिका बढी सुहाउने भन्दै उनले यस्तै भूमिकामा काम गर्न मन लागेको सुनाइन् । आफूमा चलचित्रमा नायिका हुनुपर्ने ९८ प्रतिशत गुण भएको रेश्माको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment