बिहीबार, ११ जेठ, २०७४
OnlineKhabar.com

दाइले बलात्कार गरे, भाइले आँखा फुटाइदिए !

रोहित घोष

भारत उत्तर प्रदेशको राजधानी लखनउसँग जोडिएको उन्नाव जिल्लाको एक गाउँमा बलात्कारको गम्भीर घटना सार्बजनिक भएको छ ।

बलात्कारका अभियुक्तका भाइले पीडित युवतीको दुबै आँखा फुटाइदिएका छन् ।

अभियुक्तका परिवारका सदस्यहरुले पीडित परिवारलाई बलात्कारको मुद्दा फिर्ता लिन दबाव दिइरहेका छन् ।

उत्तर प्रदेश पुलिस महानिर्देशक जावीद अहमदले लखनउमा पत्रकारहरुलाई भने, ‘यो घटना निकै गम्भीर छ र आरोपीहरुलाई छिट्टै पक्रेर कडा सजाय दिलाइनेछ ।’

‘दुबै आँखाको दृष्टि सायद फर्किंदैन’

घटना उन्नावको बलदेव खेडा गाउँको हो । जहाँ १९ वर्षकी युवती बिहान घरबाट करिब १ सय मिटर टाढा शौचका लागि गएको बेला बलात्कृत भइन् ।

उनी घर फर्किन ढिला गरेपछि परिवारका सदस्यहरु खोज्न निस्किए । उनी खेतमा घाइते अवस्थामा फेला परिन् ।

परिवारका सदस्यहरुले शुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगे । त्यहाँबाट उन्नाव जिल्ला अस्पतालमा पठाइयो । उन्नाव जिल्ला अस्पतालले उनलाई कानपुरको सबैभन्दा ठूलो जिल्ला अस्पतालमा रिफर गर्‍यो । अवस्था गम्भीर भएकाले त्यहाँबाट कानपुरको एक निजी अस्पतालमा युवतीलाई लगियो ।

उपचारमा संलग्न डाक्टरले नाम नबताउने सर्तमा जानकारी दिएअनुसार उपचारपछि युवतीको स्वास्थ्यमा केही सुधार त आएको छ तर, दुबै आँखाको दृष्टि सम्भवत फर्किने छैन ।

उन्नावका पुलिस क्षेत्राधिकारी अशोक सिंहले भने, ‘युवतीमाथि आक्रमण पुत्तन नामको व्यक्तिले आफ्नो साथीसँग मिलेर गरेको हो ।’

‘आँखाबाट रगत बगिरहेको थियो’

पीडित युवतीको बुवाका अनुसार अभियुक्त मुन्नाको भाई पुत्तन र उसका तीन साथीहरु मिलेर छोरीलाई सुरुमा बाँसले पिटे । त्यसपछि हात खुट्टा समातेर आँखामा रोपे ।

उनले भने, ‘जब छोरीलाई हामीले फेला पार्‍यौं, उसको दुबै आँखाबाट रगत बगिरहेको थियो । पूरै शरीरमा घाउ चोट थियो ।’

युवतीको बुवाका अनुसार पुत्तनले युवतीलाई डर धम्की दिएर उजुरी फिर्ता लिन दबाव दिइरहेको थियो ।

उनले भने, ‘म कम्तिमा आठ पटक पुलिस थाना पुगें र अधिकारीहरुलाई भनें- मलाई र मेरो परिवारलाई धम्की आइरहेको छ तर पुलिसले मेरो कुरा सुनेन । न त उनीहरुलाई कारबाही गर्‍यो । हार मानेर मैले पनि पुलिसमा उजुरी गर्न बन्द गरें ।’

पीडित युवती उन्नावको एक कलेजमा स्नातक तह अध्ययनरत छात्रा हुन् र उनको बुवा एक सामान्य किसान हुन् ।

‘युवतीलाई सामूहिक बलात्कार’

प्रहरीका अनुसार यी युवती यसअघि पनि बलात्कृत भएकी थिइन् । उनले १५ मई सन् २०१५ मा आफ्नो घर छेउँमा चौपाया चराइरहेकी थिइन् । त्यतिबेला छिमेकी जोधाखेडा गाउँका दुई व्यक्ति मुन्ना र मतईले उनलाई सामूहिक बलात्कार गरे ।

परिवारका सदस्यका अनुसार पहिले त प्रहरीले उजुरी लिन आनाकानी गर्‍यो तर जब स्वास्थ्य परीक्षण गर्दा बलात्कारको पुष्टि भयो तब प्रहरीले उजुरी दर्ता गर्‍यो । तर संदिग्ध व्यक्ति करिब दुई महिनासम्म फरार रहे । प्रहरीले उनीहरुलाई १० जुलाई सन् २०१५ मा पक्राउ गर्‍यो । त्यसबेलादेखि ती दुबै अभियुक्तहरु उन्नाव जेलमा छन् ।

बलात्कारपछि बच्चाको जन्म

बलात्कृत भएपछि गर्भ रह्यो । ती युवतीले एक बच्चालाई जन्म दिइन् तर करिब एक महिनापछि बच्चाको मृत्यु भयो ।

उन्नावकी प्रहरी अधिक्षक नेहा पाण्डेले भनिन्, ‘युवतीको बयान लिएका छौं । उनका आँखामा गम्भीर घाउ छ । हामी कोशिश गरिरहेका छौं कि उनलाई राम्रो उपचार मिलोस् ।’

बीबीसी हिन्दीबाट

२०७३ चैत ४ गते ११:२६ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
६ प्रतिकृयाहरू प्राप्त
  • Tsearng Amar लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते ११:५७

    केहि महिना अगि Bollywood movie काबिल released भयो | सायद, नौटंकीमा रम्ने देशले सिकाएको पाठ त्यहि होला |

    50
    2
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १२:२४

    Very sad news, please forwarded Madesee Morcha – they may have Roti Beti Relation with these brothers.

    47
    9
    Share

  • drj लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १२:५८

    ग्रामीण भारतको मात्र कुरा गर्नेहो भने नेपाल भन्दा गए गुज्रेको अवस्था देखिन्छ मानव विकासको दृष्टकोणले, महिला हिंसाको स्थिति निकै निराषाजनक देखिन्छ |

    49
    2
    Share

  • chanchaleshwor लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते २३:३२

    very very bad news. indiaाे अाफ्नाे देश शान्ति अमन चयन दिन सक्दैन सधै भरि यस्ता कुकृत्यका समाचारहरू अाइरहन्छ । न प्रहरी बद्लन्छ न समाज बद्लन्छ । उस्काे ध्यान रहन्छ ुसिर्फ नेपालमा घिनाैना राजनीति गर्ने । सबैलाई जानकारी भया ।

    2
    0
    Share

  • moon लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ११:०७

    Indian police and Indian government ! Shame on you.

    0
    0
    Share

  • Nabin Mehta लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ९:०४

    2tai dai vai lai fasiko sajay hunuparx sathai kun police le ujuri garen taslai pani samjhaunu parx

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this