Comments Add Comment

बाहुबली: सुटिङको दौरान यस्ता देखिन्थे बाहुबली, देवसेना र कटप्पा

बहुप्रतीक्षित फिल्म ‘बाहुबलीः द कन्क्लुजन’ को ट्रेलर हालै रिलिज भएको छ । एसएस राजमौली निर्देशित फिल्मको ट्रेलर हेरेपछि फिल्म कति जोडदार होला भनेर दर्शकमा कौतुहल थपिएको छ ।

यसअघि ‘बाहुबलीः द बिगिनिङ’ का कतिपय दृश्यले दर्शकलाई जिब्रो टोक्न बाध्य पारेका थिए । फिल्मले सामान्य कल्पनाभन्दा निकै परको संसारमा पुर्‍याएको थियो । त्यससँगै फिल्मको पहिलो भागमा एउटा प्रश्न अनुत्तरित थियो, ‘कटप्पाले बाहुबलीलाई किन मार्‍यो ?’

बाहुबलीको यो दोस्रो तथा अन्तिम भागमा त्यसको जवाफ मिल्ला त ? दर्शकले अधैर्यसाथ पर्खिएको जवाफ यही हो । त्यससँगै फिल्मको रोमाञ्चक दृश्यको भव्यता त छँदै छ ।

‘बाहुबलीः द कन्क्लुजन’ को ट्रेलरमा प्रभास, राणा दग्गुबती र अनुष्का शेट्टीको एक्सन अवतार देख्न सकिन्छ । यसका सथै ट्रेलरमा अमरेन्द्र बाहुबली (प्रभास) र देवसेना (अनुष्का शेट्टी) को प्रेमकथा पनि देखाइएको छ । यो फिल्म २८ अप्रिलमा विश्वव्यापी रिलिज हुँदै छ ।

यो फिल्मको सेट, ग्राफिक्स र भिजुअल इफेक्ट्सले नै दर्शकलाई आश्चर्यमा पारेको हो । तर, यो फिल्मको छायांकन कसरी गरिएको थियो त ? यहाँ ‘बाहुबलीः द बिगिनिङ’ निर्माणका क्रममा खिचिएका केही ‘अन लोकेसन’ तस्बिर प्रस्तुत गरिएको छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment