बिहीबार, ११ जेठ, २०७४
OnlineKhabar.com

रातारात गायब भएको शहर हजारौं वर्षपछि भेटियो

अनलाइनखबर

दुनिया रहस्यले भरिएको छ । कतिपय रहसय त यस्ता हुन्छन् की यकिन गर्नपनि मुस्किल पर्दछ । यस्तै एउटा रहस्य थियो अतितको, जसको वर्तमानमा प्रमाण फेला परेको छ ।

हजारौँ वर्ष पहिले मध्य अमेरिकी देश होन्डुरसमा एउटा सहर थियो । उक्त समयमा त्यो सबैभन्दा धनी सहर थियो । घना जंगल तथा पहाडको बीचमा लुकेको उक्त सहर निकै चर्चित थियो ।

किम्बदन्ती अनुसार उक्त सहरका बासिन्दाले सहरका देवता, जसलाई मंकी गड भनिन्थ्यो उनको अपमान गरेछन् । त्यसपछि क्रोधित भएका बाँदर देवताले श्राप दिए । देवताको श्रापका कारण सहर एकै रातमा हरायो ।

इतिहासमा वणिर्त यो सहरको खोजी गर्ने प्रयास विगतमा पनि नभएका होइनन् । तर त्यसको पनि रोचक कहानी छ । मानिसहरुका अनुसार उक्त सहरको खोजी गर्न प्रयास गर्ने मानिसमा छालाको रहस्यमय रोग देखा पर्दथ्यो । उक्त रोगमा मानिसको छालालाई किराले खान थाल्थे ।

तर यो वर्षको सुरुवातमा नेशनल जियोग्राफी च्यानलका डग्लस प्रेस्टनको टोलीले उक्त सहर पत्ता लगाएरै छाड्यो ।

प्रेस्टनको टोलीले सन् २०१५ देखि नै मध्य अमेरिकाका घना जंगलहरुमा यो सहरको खोजी सुरु गरेका थिए ।

मोस्क्युटा जंगलमा हराइरहँदा प्रेस्टनको टोलीले केही यस्तो देख्यो की त्यसपछि उनीहरुमा आशाको किरण जन्मियो । जमिनमा मूर्तिहरुका केही संकेत देखिए । अन्ततः त्यहाँ उत्खनन गर्दा प्राचीन सहर रहेको तथ्य फेला पर्यो । त्यहाँ मंकी गडका केही मूर्तिहरु पनि फेला परे ।

एजेन्सी

२०७३ चैत ४ गते ११:३७ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
७ प्रतिकृयाहरू प्राप्त
  • jeeban लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते ११:२०

    What is this

    2
    7
    Share

  • madhu sudan लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १६:५०

    मंकी गड होइन , हनुमान हो ,त्यहाँ मंकी गडका केही मूर्तिहरु पनि फेला परेका छन् ति हनुमान का हुन् !
    पत्रकार महोदय फोटाहरु पनि राखे राम्रो हुन्थॆओ, कि हिन्दु धर्म को पर्चार हुन्छ भनेर हो फोटा न राखेको

    15
    2
    Share

  • अनुराग लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ९:२९

    जे मन लाग्यो त्यही हालेको छ न्युजमा के हो यो अनलाईन खबरको ताल ?

    3
    1
    Share

  • moon लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ११:३५

    wow!

    2
    0
    Share

  • Kshitiz लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १५:०५

    I think this city was lost due to earthquake not by the effect of sin given by Monkey God.

    2
    1
    Share

  • haha लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १६:०३

    I think Nepal Sarkar le chalayeko sahar hunu parcha.. dhulo mai harayeko huna sakcha.

    4
    0
    Share

  • kushal thapa लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते २०:५९

    Hait!!! crazy mideaes of nepal

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this