Comments Add Comment

चियाको भरमा ३० वर्षसम्म ज्युँदै छिन् यी महिला

पानी मात्र पिएर कैयन् वर्षसम्म बाँचेका मानिसहरुका कथा त सुन्नुुभएकै होला । तर चिया मात्र पिएर वर्षौँसम्म बाच्न सफल भएको यो कथा भने पहिलो नै हुनुपर्छ ।

हो, एकजना महिला यस्ती छिन् जसले पछिल्लो ३० वर्षदेखि चिया बाहेक केहीपनि चिज खाएकी छैनिन् ।

भारत बिहारको हाजिपुरकी ती महिलाले आफ्नो लोग्नेको मृत्युपछि अरु खानेकुरा खान छाडिन् र पछिल्लो ३० वर्षयता चियाकै भरमा बाँचेकी छिन् ।

चियाले अढाई दशकसम्म प्राण धानेकी महिला हुन् किरण देवी । हाजिपुर भन्दा ६ किलोमिटर टाढाको रामपूर गाउँमा बस्ने किरण देवीको चियामा धानिएको प्राणले सबैलाई छक्क पारेको छ ।

३० वर्ष पहिले किरणका पति उपेन्द्र सिंहको मृत्युभएकेा थियो । पतिको मृत्युको शोक यति गहिरो गरी पर्यो की उनले अन्न त्याग गरिन् । अन्न मात्र होइन शुद्ध पानी पिउन पनि छाडि्न र मात्र चिया पिएर जिवन गुुजार्न थालिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment