शनिबार, १४ साउन, २०७४
OnlineKhabar.com

जहाँ रेल चढ्न सानोतिनो ‘युद्ध’ लड्नुपर्छ

अनलाइनखबर

यदि तपाईंलाई भिडभाडको कारणले सार्वजनिक यातायात प्रयोग गर्न दिक्दार लाग्छ भने यी तस्वीरहरुले केही सान्त्वना दिन सक्छन् । तस्वीरहरु बंगलादेशको राजधानी ढाकाका हुन् ।

शहरबाट बाहिर जाने रेल चढ्नका लागि यति ठूलो संघर्ष गर्नुपर्छ कि पहाड चढ्न पनि यति संघर्ष नहोला ! गतिलो सीट पाउनु त परेको कुरा जसोतसो छतमा अडिन पाउनेहरुले पनि आफूलाई भाग्यमानी सम्झिनुपर्छ । छतमा पनि ठाउँ नपाउनेहरु साइडमा झुण्डिन्छन् ।

यो आक्कलझुक्कल होइन, दैनिक देखिने दृष्य हो । हजारौंको संख्यामा कामदारहरु आफ्नो काम सकेर घर फर्किने क्रममा रेल चढ्न यसरी झुत्ति खेल्नुपर्छ । पुरुष, महिला र बालबच्चाहरु युद्धमा होमिए जसरी १२ फिट अग्लो रेलको छतमा उक्लिन संघर्ष गर्छन् । यस्तो यात्रा जति जोखिमपूर्ण भए पनि उनीहरुसँग अर्को विकल्प हुँदैन किनकी भित्रका सिटहरुमा थोरै मान्छे अटाउँछन् ।

डकुमेन्ट्री निर्माता युसुफ तुसारले ढाका सिटी रेल स्टेसनमा दिनभरी बसेर त्यहाँको जात्रालाई क्यामरामा कैद गरे । उनी भन्छन्, ‘बिहान मानिसहरु काममा आउने बेला र बेलुका कामबाट फर्किने बेला यहाँ खपिनसक्नु भिड हुँदोरहेछ ।’

तुसारका अनुसार करिब २ हजार यात्रुहरु रेलको छतमा चढेर यात्रा गर्छन् । धेरै मानिसहरुलाई चढ्नका निम्ति सहयोग चाहिन्छ, या त भित्र रहेका व्यक्तिहरुबाट वा छतमा बसेकाहरुबाट, किनकी छत धेरै अग्लो छ ।

तुसार आफैं पनि रेलको छतमा चढेर अनुभव लिएका थिए । यो रेल प्रतिघन्टा औसत २७ माइल कुद्ने गरेको उनी बताउँछन् । ‘धेरै यात्रुहरु छतमा कतै नसमातिकन बसिरहेका हुन्छन्, किनकी वरिपरीबाट चेपिएकाले उनीहरु यत्तिकै स्थिर हुन्छन्,’ डकुमेन्ट्री निर्माता तुसारले भने, ‘कुनै चाडपर्व वा लामो छुट्टि परेका वखत यो भीड झनै ठूलो हुन्छ ।’

२०७३ चैत ४ गते १४:३७ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
९ प्रतिकृयाहरू प्राप्त
  • pardeshi लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १५:२१

    हैथ यस्तो यात्रा गर्नु भन्दा हिंडेरै जानु ठीक ,

    21
    4
    Share

  • sachet लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १५:३७

    Dhanya jindagi! kasailai k kasailai k!

    10
    2
    Share

  • यकिन दाहाल लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १६:३३

    हामी नेपालीले बस र माईक्राेकाे भीडमा कठिन यात्रा गर्नुपर्दा के दु:ख मान्नुपर्ने रहेछ र ?

    13
    2
    Share

  • Subhash Gurung लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १७:५३

    kata jana laageka hun? Desh chodera jana lageko ho ra?

    5
    12
    Share

  • Shambhu Khadka लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते २१:०१

    He bhagvan yo ta sochna pani sakina kahile sudhrela yo des.

    0
    0
    Share

  • moon लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १०:५५

    tasbir herera it’s happened only in india bhanya ta bangladesh ko dhaka ko po raichha. aabui lau na nepal bhanda abikasit po raichha ki kya ho dhaka bhanya ta.

    0
    0
    Share

  • saurab baral लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ११:०१

    haitta ho lastaai bijoki yatra rachha nepal ko vanda ni dharap yatra ani vidbhad vo hai yo taaaa

    0
    0
    Share

  • udaya लेख्नुहुन्छ    |   २०७३ चैत १९ गते २०:३०

    yo sachikai holata m ta boswash pani garna sakina

    0
    0
    Share

  • sanjock लेख्नुहुन्छ    |   २०७३ चैत १९ गते २०:३४

    hoit hoina hola

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this