Comments Add Comment

मार्च अन्तिमबाट टाटाको टिगोर बजारमा, नयाँ एसयूभी ‘नेक्शन’ पनि आउँदै


४ चैत, काठमाडौं । भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटर्सले टाटाले बजारमा ल्याउन लागेका आफ्ना नयाँ दुई गाडीलाई सार्वजनिक प्रदर्शन गरेको छ ।  युरोपियन बजारसम्म पुग्ने ल्ष्यका साथ टाटाले नँया एसयूभी नेक्शन र सेडान टिगोर गाडी बजारमा ल्याउँदैछ ।

टियागोको सफलताबाट हौसिएको टाटाले आगामी मार्च २९मा कम्प्याक्ट सेडान ‘टिगोर’ बजारमा ल्याउने भएको छ । कम्पनीले अन्तर्राष्ट्रिय जेनेभा अटो-शोमा टिगोरलाई प्रदर्शन गर्दै मिति घोषणा गरेको हो ।

कम्पनीले अटो एक्स्पो २०१६मा कन्सेप्ट कार काइट-५  का रुपमा यसलाई प्रदर्शन गरेको थियो । ह्याचब्याक टियागोको सफलतापछि कम्पनीले सेडान कारमा टिगोरलाई बजारमा उतार्न लागेको हो । टियागोकै फिचर्सहरुबाट प्रभावित भएर टिगोरलाई तयार गरिएको छ ।

यसको मुल्य भारतीय बजारमा कति हुन्छ भनेर घोषणा भएको छैन । यसमा डुअल टोन इन्टेरियर, डुअल एयरब्याग, जीपीएस नेभिगेशन, कूल्य ग्लोबबक्स, २ ड्राइभ मोड, एबीएसका साथमा इबीडी र कर्नर स्टेबिलिटी लगायतका जरुरी फिचर्स छन् ।

टयोगोमा जस्तै यसमा पेट्रोल र डिजेल इन्धन विकल्प दिइएको छ । पेट्रोल भर्सनमा १.२ लिटरकोको रेबोट्रोन इञ्जिन दिइएको छ । जुन ८५ पीएसको पावर र ११४ एनएमको टर्क प्रदान गर्न सक्षम छ ।

 

डिजेल भर्सनका १.०५ लिटरकै रेबोट्रोन इञ्जिन छ, जसले ७० पीएसको शक्ति प्रदान गर्छ भने १४० एनएमको टर्क उत्पन्न गर्छ ।

यसका दुबै भर्सनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन छ । टियागोमा टाटाले अहिले अटो ट्रान्समिसन दिएकाले यसमा अटो ट्रान्समिशनको विकल्प पनि दिन सक्ने अनुमान छ ।

इम्प्याक्ट डिजाइन थीममा तयार भएको यो कार बजारमा विशेष अवतारका साथ उत्रिने दावी कम्पनीको छ । यसले भारतीय बजारमा मारुति सुजुकीको डिजायर, होण्डाको अमेज र फोर्डको एस्पायर तथा भक्ववागनको एमियोसँग प्रतिस्पर्धा गर्नेछ ।

यो सेडानको मूल्य भारतीय बजारमा ५.९५ लाख भारुभन्दा माथि पर्ने अनुमान छ । कम्पनीले सन् २०१९सम्म भारतको प्रमुख ३ कार कम्पनीभित्र पर्ने लक्ष्य राखेको छ । कम्पनीले केही महिनाअघि मात्रै भारतीय बजारमा हेक्जालाई उतारिसकेको छ ।

यसैगरी जेनेभा अटो-शोमा नै टाटाले कम्प्याक्ट एसयूभी नेक्सनलाई प्रर्दशन गरेको छ । चाँडै बजारमा ल्याउने गरी कम्पनीले नेक्शनलाई प्रदर्शनमा राखेको हो ।

‘नेक्शन’ पनि आउँदै

नेक्शनलाई टाटाले २०१४को अटो शोमा नै कन्सेप्ट एसयूभीका रुपमा राखिसकेको थियो । मारुतिको भिटार ब्रेजा, टीयूभी३००, र फोर्डको इको स्पोर्टसँग यसले प्रतिस्पर्धा गर्नेछ । अब यो गाडी भारतीय सडकमा दौडेको देख्न धेरै समय नलाग्ने टाटाले जनाएको छ ।

नेक्शनको एक्स्टेरियर र इन्टिेरियर निकै आकर्षक छ । पावर स्पेशिफिकेशनको कुरा गर्ने हो भने यो गाडीमा टर्बोचाज्र्ड पेट्रोल र डिजेल इञ्जिनमा पेश गरिएको छ ।


पेट्रोल भर्सनमा १.२ लिटरको इञ्जिन छ भने डिजेल भर्सनमा १.५ लिटरको इञ्जिन दिइएको छ । यसको पावर रनल्टको डस्टरजत्तिकै ११० पीएस हुनेछ । यसले २६० एनएमको टर्क पैदा गर्छ । यसको डिजेल भर्सनमा ६ स्पीड मेनुअल ट्रान्समिशन दिइने बताइएको छ ।

पेट्रोल इञ्जिनमा ५ स्पीड मेनुअल गियरबक्स दिने सम्भावना छ । यसको अलावा यसमा अटोमेटिक गियरबक्स समेत दिने सम्भावना रहेको छ ।

यसको ग्राउण्ड क्लेयरेन्स २०० मिलिमिटरको हुनेछ । यो भिटार ब्रेजा र इकोस्पोर्ट भन्दा पनि राम्रो हो ।

नेक्शनको इन्टिेरियर पनि निकै अब्बल हुनेछ । यसको क्याबिनमा केबल इन्स्ट्रूमेन्ट क्लस्टर जीका र टिगोरका सबै फिचर्सहरु दिने तयारी छ । यसको क्याबिन टाटाका अहिलेसम्म आएका गाडीहरुमै सबैभन्दा उकृृष्ट हुनेमा आशंका छैन ।


कारको अगाडि र पछाडि एसी भेन्ट पनि दिइएको छ । यसमा क्लाइमेट कन्ट्रोलको फिचर्स पनि छ । यसमा टचस्त्रिmन इन्फोटेन्मेन्ट फिचर्स छ, जुन स्मार्टफोन कनेक्टिभिटीका साथमा हुनेछ ।

यसमा डुअल फ्रन्ट एयर ब्याग र एड्भान्स डुअल पाथ सस्पेन्सन पनि छ । कम्पनीले गाडीका सबै फिचर्सहरु बाहिर ल्याएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment