बिहीबार, ११ जेठ, २०७४
OnlineKhabar.com

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघलाई पछ्याउँदा …

सागर गिरी

बर्दिया राष्ट्रिय निकुञ्ज बाघ संरक्षणले प्रख्यात छ । पूर्णतया तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य नै बाघको संरक्षण भएपनि हात्ती, गैंडा, बाह्रसिंगा, घडियाल गोही, डल्फिन जस्ता लोपोन्मुख वन्यजन्तुहरू संरक्षित छन् ।

बर्दिया निकुञ्जमा तिनै लोपोन्मुख वन्यजन्तु हेर्न पर्यटकहरु पुग्ने गर्दछन् । बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापाका अनुसार हाल बर्दियामा ५६ बयस्क बाघ छन् । हरेक चार-चार वर्षमा बाघको गणना हुने गर्दछ र बयस्कमात्र गणना गरिन्छ ।

बाघले बच्चा पाएको छ भन्ने थाहा पाएपछि म चितवनबाट ४६० किलोमिटरको दुरी पार गर्दै ठाकुरद्वारा पुगें । मसँग चालक देवेन्द्र शाही ठकुरी थिए । ठाकुरद्वारा पुगेपछि कर्णाली जंगल क्याम्पका प्रमुख श्याम प्रसाईं र एनटीएनसी बर्दियाकी इञ्चार्ज अम्बिका खतिवडासँग भेट भयो ।

हामीलाई बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापा र गाइड जगत रिजालले बाघको अवलोकन गराउन तिनकुने भन्ने स्थानमा पुर्‍याए । त्यहाँ करिब डेढ सय मिटर नजिकबाट बाघको अवलोकन गर्न पाइयो ।


बच्चासँग माउ खेलिरहेको देखियो । बच्चासँग भएकाले माउले आक्रमण गर्छ कि भन्ने डर थियो, तर त्यस्तो केही भएन । त्यसभन्दा पनि धेरै डर गैंडाले आक्रमण गर्छ कि भन्ने थियो । किनकी बर्दिया राष्ट्रिय निकुञ्जमा वरपरबाट गैंडाहरु जुधेको आवाज आइरहेको थियो ।

बाघहरु खेलेको, पानी पिएको, खोला तरेको दृष्य क्यामरामा कैद गर्न पाउँदा मेरो भ्रमण सफल भयो भन्ने लाग्यो । बाघ बाहेक गैंडा, बाह्रसिंगे, बाँदर र केही चराहरुको पनि फोटो खिचेको छु । नेपालका सबै निकुञ्जमा पुगेर संरक्षित जनावर र पंक्षीको तस्वीर खिच्ने मेरो उद्देश्य छ ।

त्योभन्दा ठूलो उद्देश्य नेपालका पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउनु छ ।

यो पनि पढ्नुहोस्
चितवनमा भेटिएको ‘बेंगाल टाइगर’ का १२ तस्वीर

२०७३ चैत ५ गते १९:३२ मा प्रकाशित (२०७३ चैत ६ गते ११:३१मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • Sher Singh Thagunna लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १९:५५

    Enourmus efforts with enthusiasms of your and skills as well as equipment quality are the foundation of beautiful picture of the tiger in BMP. Congratulations Sagar Jee.

    11
    0
    Share

  • bishowrajpaudel लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ९:१३

    वन्यजन्तु संरक्षण र यसको प्रचार प्रसार हामी नेपालीको गौरव र चिनारी हो त्यसैले यो प्रयास अति सम्मानजनक छ ।

    9
    0
    Share

  • Ram prasad sigdel लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १२:२२

    Thanks sagargi sir hamro thauma rahe ko national park ko barema wild animal thekhna panu vayo . Hami tesai ma khusi xau .voli ka din ma pani yesaigari herna paunu hola bhanni aasa gardaxau thanks.

    1
    0
    Share

  • Sushi pokharel लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २२:४६

    Nice efforts.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this