बुधबार, ११ साउन, २०७४
OnlineKhabar.com

अब लाइसेन्समा सवारीको वर्ग थप्न लिखित परीक्षा दिनु नपर्ने, सीधै ‘ट्रायल’

रविन्द्र घिमिरे

५ चैत, काठमाडौं । अब सवारी लाइसेन्समा वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने भएको छ । एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अब अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा नलिने निर्णय भएको छ ।

अहिलेसम्म कायम रहेको व्यवस्था अब्यवहारिक र चालक मैत्री नभएको भन्दै यातायात ब्यवस्था विभागले नयाँ ब्यवस्था गरेको हो । विभागमा आएका नयाँ महानिर्देशक रुपनारायण भट्टराईले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

अब एकपटक लाइसेन्समा लिखित परीक्षा पास भएकाहरुले अर्को सवारी चलाउने अनुमति लिन सीधै ट्रायलको फारम भर्न सक्नेछन् । अहिलेसम्म लाइसेन्समा बर्ग थप्न पनि दोहोर्‍याएर लिखित परीक्षा दिनुपर्ने बाध्यता छ ।

नयाँ ब्यवस्थाले चालकहरुलाई सजिलो हुने र कार्यालय ब्यवस्थापनमा पनि सहज हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई बताए ।

‘एकपटक लाइसेन्स लिएपछि फेरि सवारीको वर्ग थप्न लिखित परीक्षा दिने ब्यवस्थाले झन्झट मात्रै सिर्जना गरेको निश्कर्ष हामीले निकाल्यौं’ प्रवक्ता पाण्डेले भने, ‘हामी अब यातायात कार्यालयको ब्यवस्थापनमा पनि जुटकाले नयाँ ब्यवस्था निकै प्रभावकारी हुनेछ ।’

लाइसेन्सबाहक ट्रायलका लागि योग्य

सरकारले यसअघि नै एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म सवारी लाइसेन्सका लागि ट्रायल दिन सक्ने ब्यवस्था गरिसकेको छ ।

अब झन वर्ग थप्न लिखित परीक्षा दिनै नपर्ने भएको छ । लाइसेन्स बाहक चालक सवारीको वर्ग थप्न स्वतः ट्रायलका लागि योग्य हुनेछ ।

मोटरसाइकलका लाइसेन्स बोक्नेले सीधै कारको लाइसेन्सका लागि परीक्षा दिन सक्नेछ । कारको लागि लाइसेन्स लिएकाले बसका लागि पनि ट्रायल दिन सक्छन् ।

यो ब्यवस्था अबको एक हप्तापछि कार्यान्वयनमा जाने प्रवक्ता पाण्डेले बताए । ‘सफ्टवेयरमा परिमार्जन र कार्यालयहरुमा नयाँ ब्यवस्थाअनुरुपको प्राविधिक तयारीका लागि एक हप्ता लाग्छ’ प्रवक्ता डा. पाण्डले भने, ‘अब हामी अर्को साताबाट वर्ग थपका लागि लिखित परीक्षा लिँदैनौं ।’

२०७३ चैत ५ गते १७:१६ मा प्रकाशित (२०७४ असार १३ गते १०:४६मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२० प्रतिकृयाहरू प्राप्त
  • chandra poudel लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १८:३५

    धेरै राम्रो ।

    3
    0
    Share

  • romeo लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १८:४५

    मोटरसाइकलमा कार/जीप/भ्यान थप्न हिजोमात्र फाराम दर्ता गरियो, लिखित यही चैत्र १२ गते भनेर यातायातले नै तोकिसक्यो । महानिर्देशक चाहिँ पर्दैन भन्छन् । अन्योलमा पो परियो । खासमा कुरो के हो ?

    4
    0
    Share

  • Sarkimahato लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १८:४६

    Bidesko laisan bat Nepal ko laisan painchha ki paiedain r tesko lagi ke garnu parchha kirpaya lekhi pathai dinu hola

    1
    1
    Share

  • duk narayan pokhrel लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १८:४८

    Ramro

    0
    1
    Share

  • Ramprakash Singh लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते २१:५६

    Ab Nepal ma kehi hola jasto 6a.. .

    1
    0
    Share

  • दिपक थापा लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ३:५१

    अनि विदेशको कार चलाउने लाइसेन्स भएकाहरुले चै नेपालको मोटरसाइकल लाइसेन्समा थप्न पाउछ कि पाउदैन?

    0
    0
    Share

  • bhanu shrrstha लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ६:०८

    mero 1 week agadi likhitma nam niskiyako xaina masanga bykeko laishan x tin mahina likhit dinanapaune bhanaix k ma dina sakxu

    0
    0
    Share

  • Ramesh लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ६:२३

    Good work of Govt.,

    In the written exam, please ask the questions completely based on traffic rules only.

    When I gave written exam, I got 11 out of 20 questions asking about the dates when the rule was made. who was the chairperson of certain committie and so on.

    We dont need such stupid questions. This is not the PSC examination whatever.

    Any way, any work initiated by govt to give relief to its citizens must be appreciated.

    3
    0
    Share

  • SANTA Shrestha, Hetauda लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ७:३८

    SEWA lai QUALITY ra saral tatha SAHAJ pahuch KO lagi …..sabai jilla ma office NAHUNELE ghumti sibir jasto sanchalan garera license bitaran garna sakema sun ma sugandh hunxa hola……SEWAGRAHI lai Bolayera dukha (DHAN JAN ko ) DINU bhanda….S…. bolaune haina ki sewagrahi ko ghar samma pugera SEWA dina SAKEMA matra SU-SASAN KO prabardhan hunethiyo hola……

    0
    0
    Share

  • singam dahal लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ९:३८

    माेटरसाइकलकाे नया लाइसेन्स प्राप्त गरेकाे कति दिनपछि अर्काे थप ट्रायलकाे लागि अाबेदन दिन पाइन्छ ????या माेटरसाइकलकाे ट्रायल पास लगतै थप् सवारिकाे ट्रायल दिन पाइन्छ ??एेसकाे बारेमा पनि थाेरै जान्कारि दिन मिल्थ्याे कि🌹

    0
    0
    Share

  • Ajay rana लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १०:०३

    Yo motorcycle ko liscense vaako le sidhai car ko liscense ko parixya dina sakne rw caar ko liscense vaako le bus ko vanne kura ali bristit rup ma samjhaauna paryo maile ali bujena…
    DHANYABAAD

    0
    0
    Share

  • jeeban लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १०:५८

    jaayaj nirnaya garnu bhayo swagat6

    0
    0
    Share

  • एक नेपाली लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ११:३५

    विहान झिस्मिसेमा लाइन बस्न गएन भने फर्म बुझाउन समेत पाइदैन । दैनिक यति कोटा छुट्याउने र नाम मात्रको अनलाइन फारम भरेर सेवाग्राहीको अाँखामा धुलो फ्याक्ने बाहेक केही भएको छैन । अनलाइन फारममै २ दिन पछि आउनु भन्नुको सट्टा १ महिना पछि भनेर सही सूचना दिने हो भने यस्तो सास्ती खेप्नु नपर्ने थियो । अझ अचम्म लाग्ने कुरा त अनलाइन पनि एक हप्तामा सात दिन बन्द हुन्छ । धन्न धानेका छन् कामधारहरुले । यातायत विभागको सिडीकेट नै भन्नु पर्छ कि लाइसन्स थप्न वा नयाँ बनाउन एकान्तकुना नै धाउनु पर्ने । सबै ठाउँमा सरल र सहस तरिकाले फर्म भर्न र बुझाउन पाउने भयो भने पनि सेवाग्राहीले दुख पाउने थिएनन् । कहिले आउला त्यो दिन यातायतमा १ घण्टा मै काम सकेर आउने दिन ?

    0
    0
    Share

  • Ram Chandra Sharma लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १५:१५

    It’s a good news and good decision.

    0
    0
    Share

  • के. श्रेष्ठ लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १९:५९

    यो ब्यवस्था अबको एक हप्तापछि कार्यान्वयनमा जाने प्रवक्ता पाण्डेले बताए । ‘सफ्टवेयरमा परिमार्जन र कार्यालयहरुमा नयाँ ब्यवस्थाअनुरुपको प्राविधिक तयारीका लागि एक हप्ता लाग्छ’ प्रवक्ता डा. पाण्डले भने, ‘अब हामी अर्को साताबाट वर्ग थपका लागि लिखित परीक्षा लिँदैनौं ।’

    0
    0
    Share

  • Rajeev bhandari लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते २०:२६

    Shai ho

    0
    0
    Share

  • बैरागी काइला लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते २२:५५

    यो निर्णय गराउन मन्त्रीले कसरी माने ? घुस नखाई कामै नगर्ने कार्यालयका बिभागिय मन्त्री आफ्नै गृह जिल्लाको यातायात र सडक कार्यालयलाई भ्रष्टाचारको समुन्द्र बनाएको छन् भने यन्यत्र झन कस्तो होला । सोचनिय बिषय !!!

    0
    0
    Share

  • Bijaya लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ९:२६

    Very good news to me. thanks for new director 🙂

    0
    0
    Share

  • Asmita लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १४:०८

    Sahi ho (y)

    0
    0
    Share

  • Mohan लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १८:५८

    Ramrai ho tara kaam chai testae t hola ne

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this