Comments Add Comment

योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री

५ चैत, काठमाडौं । योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । उनको सपथ भोलि तय भएको छ ।

विधायक दलको बैठकले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई विधायक दलको नेता चयन गरेको छ ।

गोरखनाथ मन्दिरका पूर्वमहन्थ समेत रहेका उनी १९९८ देखि गोरखपुर क्षेत्रबाट लोकसभामा प्रतिनिधि रहँदै आएका छन् । पहिलो पटक लोकसभा सांसद बन्दा उनको उमेर मात्र २६ वर्ष थियो र उनी कान्छा विधायक थिए ।

४४ वर्षका उनी हिन्दु युवा बाहिनीको संस्थापक समेत हुन् । उनको वास्तविक नाम अजय सिंह हो । पूर्वी उत्तर प्रदेशमा उनको निकै प्रभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment