Comments Add Comment

वेष्टब्रोमसँग हार्‍यो आर्सनल, शीर्ष चारको लक्ष्यमा धक्का

५ चैत, काठमाडौं । क्रेग डोसनको दुई गोलको मदतमा वेष्टब्रोमले इंग्लिस पि्रमियर लिग फुटबलमा आर्सनलमाथि जित हात पारेको छ ।

शनिबार भएको खेलमा वेष्टब्रोमले आर्सनलमाथि ३-१ को प्रभावशाली जित हात पारेको हो । यो हारसँगै आर्सनल शीर्ष चारमा रहेका टोलीहरुसँगको अंक दुरी घटाउने मौका गुमाएको छ ।

घरेलु मैदानमा भएको खेलमा वेष्टब्रोमले १२ औं मिनेटमा डोसनको गोलबाट अग्रता लिएको थियो । तर, तीन मिनेटमा नै आर्सनलले बराबरी गोल फर्कायो । उसका लागि एलेक्स सान्चेजले गोल गरेका थिए ।

दोस्रो हाफमा वेष्टब्रोम हाबी भयो । ५५ औं मिनेटमा रोब्सन कानुले गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा डोसनले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सानल ३-१ ले पराजित भयो ।

आर्सनल २७ खेलबाट ५० अंकका साथ पाँचौं स्थानमा छ भने ४३ अंक जोडेको वेष्टब्रोम आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment