Comments Add Comment

गुजरातपछि हिन्दुत्वको दोस्रो प्रयोगशाला बन्यो युपी

आदित्यनाथ मुख्यमन्त्री बनेपछि उत्तर प्रदेशमा तरंग

गोरखनाथ मठका महन्त एवं उग्र हिन्दु संगठन हिन्दु युवा वाहिनीका संस्थापक योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाएर संघ परिवारले गुजरातपछि उत्तर प्रदेशलाई हिन्दुत्वको दोस्रो प्रयोगशाला बनाउन सुरु गरेको छ ।

तर, के उत्तर प्रदेश र उत्तराखण्डमा भारतीय जनता पार्टीले पाएको शानदार चुनावी सफलताले राष्ट्रिय स्वयंमसेवक संघ -आरएसएस हिन्दु राष्ट्रको आफ्नो लक्ष्यको एक कदम अझ नजिक पुगेको छ ?

यो प्रश्नको जवाफ सजिलो छैन र न त हिन्दु राष्ट्रको एक राजनीतिक यथार्गमा परिर्वतन सहज छ ।

तर, नौ दशक पहिला १९२५ मा सुरु भएको राष्ट्रिय स्वयंमसेवक संघको यात्रालाई हेर्ने हो भने थाहा हुन्छ कि यसक्रमा थुप्रै हिन्दुवादी समाज समितिहरु बन्यो, फैलियो र हराए । तर, आरएसएस आफ्नो लक्ष्यमा विचलित भएको छैन ।

संघले लगातार भन्दै आएको छ कि भारतलाई हिन्दु राष्ट्र बनाउने उसको लक्ष्य छ ।

संघको रणनीति

संघ वर्णाश्रम धर्म व्यवस्थामा कुनै तोडमोड नगरी सबै हिन्दु जातिको ‘समरसता’को छातामुनी ल्याउन चाहन्छ । तर, यसका लागि उसलाई पटकपटक हिन्दु समाज बनाउनुपर्छ र चारैतिरबाट दुश्मनले घेरिएको छ ।

यसका लागि पटकपटक नयाँनयाँ दुश्मन खोज्नुपर्छ ताकि त्यसलाई देखाएर हिन्दु समाजलाई एकजुट गर्न सकियोस् । तर, आफैंले बनाएको दुश्मनलाई देखाएर हिन्दुहरुलाई एकजुट गर्नु संघको व्यापक रणनीतिको एक हिस्सा मात्र हो-पुरा रणनीति होइन ।

उत्तर प्रदेशको चुनावी सेसनमा संघ-भाजपाको रणनीतिको हरेक रंग देख्न पाइयो ।

मोदीको लोकप्रियता

प्रधानमन्त्री नरेन्द्र मोदीले कब्रिस्तान-श्मशानको हवाला दिएर हिन्दु र मुसलमानलाई अलग-अलग ठाउँमा उभ्याए तर, साथै गरिब बस्तीमा ग्यास सिलिण्डर पुर्‍याए र कामदार वर्गसम्म यो सन्देश पुर्‍याउन पनि सफल भए कि नोटबन्दी वास्तवमा ‘धनीलाई चोट’ हो ।

यद्यपि लोकसभा चुनावमा बीजेपीको यो भन्दा पनि बढी समर्थन मिलेको थियो तर, त्यसबेलाबाटै नरेन्द्र मोदीको लोकपि्रयतामा असर परेको मानिएको थियो ।

यसैले जनता दल -युनाइटेड)का एक वरिष्ठ नेताले भनेका थिए, अब फेरि एक जाति चलाउनुपर्छ । त्यो हिन्दुत्वको कार्ड साबित हुनेछ ।’

तर, ठीक उत्टो भयो । जातीय समिकरण यसकारण उलटपुलट भयो कि उत्तर प्रदेशको ८५ आरक्षित विधानसभा सिटमा बहुजन समाज पार्टीले मात्र २ सिट जित्न सक्यो ।

मुसलमानलाई लगभग १०० टिकट दिने उसको रणनीति असफल सावित भयो । भारतीय जनता पार्टीले एक पनि मुसलमानलाई टिकट नदिएर प्रष्ट सन्देश दियो कि उ मुलसमानको भोटको भोको छैन ।

हिन्दुत्वको नयाँ प्रयोगशाला 

यदि कसैको बचेखुचेको भ्रम थियो भने पनि गोरखनाथ मठको महन्त योगी आदित्यनाथलाई प्रदेशको मुख्यमन्त्री बनाएर पार्टी र संघले यो सन्देश प्रष्ट र ठूलो अक्षरमा यूपीको आकासमा लेखेको छ ।

यो निर्णयले यो पनि प्रष्ट भएको छ कि गुजरातपछि उत्तर प्रदेश हिन्दुत्वको प्रयोगशाला बनेको छ ।

एक मानेमा गुजरातको तुलनामा उत्तर प्रदेशमा हिन्दुत्वको प्रयोग धेरै कठिन र पेचिलो सावित हुनेछ । तर, नरेन्द्र मोदीले जातीय विभाजनलाई बेकार सावित गरेर, कब्रिस्तान-श्मसानको माध्यमबाट हिन्दु र मुसलमानलाई एकअर्काको आमनेसामने खडा गरेर र राष्ट्रवादी राष्ट्रद्रोहीको बहसको प्रयोग गरेर यो प्रयोगको आधार बनाएका छन् ।

अब मुख्मन्त्रीका रुपमा यो प्रयोगलाई अगाडि बढाउने जिम्मेवारी संघ परिवारले योगी आदित्यनाथलाई दिएका छन् । गुजरातमा हिन्दुत्वको प्रयोग र यसको पाठ योगीको सामुन्ने छ ।

मुस्लिम विरोधी बयान

विश्व हिन्दु परिषद्, बजरंग दल र राष्ट्रिय स्वयंसेवक संघले २००२ मा गोधराकाण्डपछि गुजरातमा एक यस्तो उदाहरण बनाए, जसको स्मृति मुसलमान कहिल्यै भूल्न सक्दैनन् ।

अब उत्तर प्रदेशका चार करोड मुसलमानका अगाडि त्यो आदित्यनाथ छन्, जसको मुसलमानविरोधी बयानका कारण कयौं पटक विवाद सृजना गरेका छन् ।

फबि्रअरी २०१५ मा उनले घोषणा गरे कि मौका पाउँदा उनले ‘देशका सबै मस्जिदमा गौरी गणेशको मूर्ति स्थापना गर्नेछन् ।’ यस्ता आदित्यनाथलाई मुख्यमन्त्री बनाउँदा धर्ननिरपेक्षता पक्षधर वा मुसलमानलाई आपत्ति त हुन्छ नै ।

तर, अब संघ-बीजेपीलाई उसको वास्ता किन होस् ? किनकी यो शब्दमा भारतीयको विश्वास हटाउने अभियान २०/२५ वर्ष पहिले लालकृष्ण आडवाणीले सुरु गरेका थिए, यसको असर अब महसुस हुन थालेको छ ।

बीजेपीको उद्देश्य

कयौं मध्यमवर्गीय परिवारमा अब धर्मनिरपेक्षतालाई जनतन्त्रको एक महत्वपूर्ण मूल्य होइन, कांग्रेससी र फेसनेवल कम्युजिष्टको छल मान्न थालिएको छ ।

तर, यहाँसम्म पुग्नका लागि संघ र भारतीय जनता पार्टीले जबरजस्त लचिलोपन पनि देखाएको छ ।

यसक्रममा जब महान्मा गान्धीमाथि आक्रमण गर्नु अघि उसका कट्टर आलोचक दुई पटक सोच्थे र समाजवादको माध्यमबाट बराबरीको सपना साकारा गर्ने कुरा गर्थे । त्यसक्रममा अठल बिहारी वाजपेयीले ‘गान्धीवादी समाजवाद’लाई भारतीय जनता पार्टीको उद्देश्य घोषित गरेका थिए ।

कुनै अर्को राजनीतिक शक्तिबाट यस्तो लचिलोपनको उदाहरण कमै मात्र पाउन सकिन्छ ।

उत्तर प्रदेशमा योगी आदित्यनाथलाई ल्याउनुको अर्को खएउटा उद्देश्य छ ।

राम मन्दिर

भलै अयोध्यामा राम जन्मभूमि मन्दिर बनाउने बीजेपीको चुनावी मुद्दा बनेन्, चुनाव प्रचारका क्रममा पटकपटक बनाउने प्रयास गरेको थियो । बीजेपीका नेता एवं राज्यसभा सखस्य सुब्रहृमण्यम स्वामीले भनेका थिए, आगामी २ वर्षमा म राम जन्मभूमि मन्दिर बनाउँछु ।’

बाबरी मस्जिद राम जन्मभूमिका मुद्दाले नै सिधासिधा हिन्दु र मसलमानलाई एकअर्काविरुद्ध उभ्याइसकेको छ । अहिले यो विवाद सुपि्रम कोर्टमा छ र बीजेपीले भन्दै आएको छ कि यो विषय अदालतको माध्यमबाट वा आपसी सहमतिका आधारमा समाधान गर्नुपर्छ ।

तर, अबको केही वर्षमा यसलाई एउटा निष्कर्षमा पुर्‍याउन प्रयास गरिन्छ र अयोध्यामा मन्दिर बन्यो भने योगी आदित्यनाथको सरकारले यसको विरोध गर्नेहरुप्रति कस्तो रवैया अपनाउँछ, यो अहिले कल्पना मात्र गर्न सकिन्छ ।

सत्ता साझेदारीबाट अलग गरिएका उत्तर प्रदेशका मुसलमानहरुको त्यसबेला यति इच्छाशक्ति बाँकी रहला कि उसले प्रखर रुपमा आफ्नो विरोध पनि दर्ता गर्न पाओस् ?
आगामी दिनमा उत्तर प्रदेशको यस नयाँ प्रयोगशालामा थुप्रै प्रयोग हुने वाला छ, हेर्दै जानुस्

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment