Comments Add Comment

नायकको यौन सम्बन्धको प्रस्ताव नमान्दा फिल्मबाटै बाहिरिइन् नायिका


दक्षिण भारतकी एक चर्चित नायिकाले आफूले हिरोको यौन सम्पर्कको प्रस्ताव नमान्दा चलचित्राटै बाहिरिनु परेको बताएकी छिन् । तेलुगु नायिका कस्तुरीले नायकको नाम उल्लेख नगर्ने सर्तमा भनिन्-‘उनी अहिले अभिनयको अतिरिक्त राजनीतिमा पनि सक्रिछ छन् । मलाई यौन सम्बन्धको प्रस्ताब राखेका थिए तर, मैले मानिनँ ।’

आफूले उक्त प्रस्ताव नमानेकै कारण पछिल्ला चलचित्रमा काम गर्ने क्रममा केही हैरानी खेप्नु परेको उनको भनाई थियो । कस्तुरी भन्छिन्-‘काम गर्ने क्रममा मलाइ निकै तनाब दिए । पछि त दुइटा चलचित्रबाट निकालिनु पर्‍यो ।’

सन् १९७४ मा चेन्नइमा जन्मेकी कस्तुरीले नीप्पु रब्वा, अन्ना माच्चा, चीलाक्कोट्टुडु, आकाशा वीघीलो’ लगायतका चलचित्रमा काम गरेकी छिन् । उनी स्कुल पढ्दाताक नै क्षमतावान् युवतीको रुपमा परिचित थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment