Comments Add Comment

हराएको छोरो छोरी बनेर भेटिएपछि…

भारतको गुजरातस्थित अहमदाबादमा एउटा अनौठो घटना भएको छ । जहाँ एउटा परिवारका छोरा हराउँदा केटा थिए तर फेला पर्दा केटी बनेका छन् । परिवारले आफ्नो हराएको छोरा त पाए तर त्यससँगै चिन्ता पनि ।

स्थानीय रुपमा चर्चित जौहरी परिवारको एक युवक केही दिनदेखि बेपत्ता थिए । माधवपुरामा सुुनको व्यवसाय गरिरहेको उक्त परिवारका छोरा दुकानबाट घर फर्किने बेलामा बेपत्ता भएका थिए ।

छोरो हराएपछि उनीहरुले प्रहरीमा उजुरी गरे । पुलिसले खोजतलास गरी बेपत्ता युवकलाई फेला पार्यो । छोरो फेला परेको खबर पुलिसबाट सुन्दा परिवार खुसी नहुने कुरै भएन । तर जब पुलिसले उनीहरुले छोरा अब छोरा नभई छोरी बनिसकेको बतायो तब परिवारजनको होसहवास उड्यो ।

नाम नखुलाइएका ती व्यक्ति वास्तवमा आफ्नो लिंग परिवर्तन गर्नकै लागि बेपत्ता भएका रहेछन् । आफुु समलिंगी रहेको कुरा उनलाई केही वर्ष अघि नै आभाष भैसकेको थियो । आफु वास्तवमा महिला रहेको र पुुरुषको सरीरमा आफुुलाई कैद गरिरहेको आभाष उनलाई भयो । त्यसपछि उनले लिंग परिवर्तन गर्ने फैसला गरे ।

उनले यो कुरा आफ्नो परिवारलाई पनि भने र आफुलाई लिंग बदल्ने शल्यक्रिया गर्नका लागि अनुमति दिन आग्रह गरे । तर उनका बुवाआमा र बहिनीले मान्ने कुरै भएन । त्यस दिनपछि उनले त्यस विषयमा घरमा कहिल्यैपनि कुरा गरेनन् र हालै एक दिन एक्कासी घरबाट भागे ।

वास्तवमा उनले गोप्य रुपमा लामो समयदेखि नै लिंग परिवर्तन शल्यक्रियाको तयारी गरिरहेका थिए । शल्यक्रियाबाटै उनले कर्ीब डेढ वर्ष पहिले हर्मोन रिप्लेसमेन्ट थेरापी गरेका थिए । र, अन्तिम शल्यक्रियाका लागि उनी घरबाट भागेका थिए ।

लिंग परिवर्तनका लागि शल्यक्रिया गर्न अस्पतालमा भर्ना भएको कुरा प्रहरीले थाहा पाएर घरमा खबर गरिसकेपछि उनलाई भेट्न परिवारजन अस्पताल पुुगे । तर उनले कसैलाई पनि भेट्न मानेनन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment