Comments Add Comment

तौल घटाउँदै हुनुहुन्छ ? यी कुरा अवश्य ख्याल गर्नुहोस्

तौल बढ्नु अहिलेको जल्दोबल्दो समस्या हो । अनियन्त्रित रुपमा बढ्ने तौल धेरैको निम्ति ‘टाउको दुखाई’को बिषय बनेको छ ।

गलत खानपान, स्वास्थ्यप्रतिको लापरवाही, मदिरापान जस्ता कारणले शरीर मोटो हुने र तौल बढ्ने गर्छ । यसरी शरीर मोटाउन थालेपछि उसको व्यक्तित्वमा त असर पर्छ नै, स्वास्थ्य पनि खराब हुन्छ । त्यही कारण धेरैले तौल घटाउने अनेकौ उपाय खोजिरहेका हुन्छन् । कोहि जिम धाइरहेका हुन्छन्, कोहि डाइटिङ गरिरहेका हुन्छन् ।

जब आफ्नो तौल बढेको महशुस हुन्छ, त्यसलाई घटाउने प्रयास गरिन्छ । तर, यतिबेला के कस्ता समस्या हुनसक्छ ?

तौल एवं मोटोपन घटाउनका लागि खानामा कटौती गर्ने, कडा व्यायम गर्ने गरिन्छ । यसो गर्दा तौल घट्छ, घट्दैन त्यो अर्कै कुरा भयो । तर, तपाईले आवश्यपनि कमजोर महसुष गर्न थाल्नुहुनेछ । साथै शरीरका केहि हिस्सामा पीडा महसुष हुन्छ ।

शरीरमा मिनरल्सको कमी हुन्छ

धेरैले ठान्ने गर्छन्, धेरै खाना खाएकाले गर्दा मोटोपन बढेको हो । त्यसैले उनीहरु खाना खान छाड्छन्, मोटोपन घटाउनका लागि ।

तर, यस किसिमको शैलीले उनको शरीरमा आवश्यक पोषण आपूर्ति हुन पाउँदैन, जो शरीरको विकासको लागि आवश्यक हुन्छ । साथै खानाले जुन उर्जा दिइरहेको हुन्छ, त्यो कटौती हुन्छ । शरीर फूर्तिलो हुँदैन । शरीरमा मिनरल्सको कमी हुन्छ । त्यसैले मोटोपन घटाउनका लागि खानपानमा कटौती गर्नु लाभदायक हुन्न । बरु, त्यस्तो खानेकुरा खानुपर्छ, जो सुपाच्य र सन्तुलित होस् ।

थकान महशुस

आफ्नो तौल घटाउनका लागि धेरैले अपनाउने बिधी हो, कडा व्यायाम । एकातिर कडा व्यायाम गर्ने तर त्यसका लागि आवश्यक पोषक तत्व ग्रहण नगर्ने हो भने शरीर कमजोर बन्दै जान्छ । जतिबेला पनि थकान महसुष हुन्छ । किनभने तपाईको शरीरमा यतिबेला उर्जा नै हुँदैन । त्यसैले तौल घटाउनका लागि आफ्नो खराब जीवनशैली त्याग्नु पर्छ, शरीरमा दबाब पैदा गर्ने होइन ।

छालाको समस्या हुनसक्छ

यदि तौल घटाउने चक्करमा खानामा कटौती गर्ने, कडा व्यायाम गर्ने हो भने, शरीरमा भरपुर पोषण पुग्दैन । यसले गर्दा शरीरमा रक्त-संचार राम्ररी सूचारु हुँदैन । नतिजा, छाला रुखो हुन्छ । छालाको प्राकृतिक चमक हराउँछ ।

हड्डी कमजोर हुन्छ

मोटोपन घटाउने निहुँमा खानपान त्याग्नाले शरीरमा मिनरल्सको कमी हुन्छ । त्यही कारण हड्डी र मांशपेशीले सही पोषण प्राप्त गर्दैन ।

केहि टिप्स

आफ्नो दिनचर्यालाई सन्तुलित बनाउने । शारीरिक गतिबिधिमा जोड दिने ।

एकै स्थानमा लामो समय बसेर खाना नखाने, थोरै थोरै तर धेरै पटक खानेकुरा सेवन गर्ने ।

जंकफूडको सेवनबाट बच्ने । गुलियो मिठाईको सेवन पनि उपयुक्त हुँदैन ।

धेरै चिप्लो पदार्थ, दुधजन्य पदार्थको सेवन नगर्ने ।

तारेको, भुटेको खानेकुरा भन्दा उसिनेको खानेकुरामा जोड दिने ।

मद्यपान नगर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment