Comments Add Comment

महिला सांसदको प्रस्तावः पुरुषले हस्तमैथुन गरे १०० डलर जरिवाना !

काठमाडौं । अमेरिकामा टेक्ससका महिला नेताले पुरुषले हस्तमैथुन गरेर १०० डलर जरिवाना गर्ने प्रस्ताव राखेका छन् । यो प्रस्तावमा अस्पताल वा क्लिनिकको अनुमतिते गरिने हस्तमैथुनलाई भने अलग राखिएको छ ।

जेसिका फर्रार डेमोक्रेट सांसद हुन्, जसले दुई साता अघि हाउस अफ रिपि्रजेन्टेटिभमा यो प्रस्ताव दर्ता गराएकी छन् । उनलाई थाहा छ कि यो कानुन सजिलै बन्दैन किनकी टेक्ससमा हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको नियन्त्रण छ र, गर्भपतनलाई दिएर कडा कानुन बनेको छ ।

तर, उनले भनेकी छन् कि नजन्मिएका बच्चाको सुरक्षा हरेक रुपमा हुनुपर्छ । उनले यो विधेयकमा भनेकी छन्, यदि कुनै व्यक्तिले स्त्रीको योनीभन्दा बाहिर विर्य निकाल्छ भने यो नजन्मिएका बच्चाको विरुद्ध कदम हो ।

उनकाअनुसार हेल्थ केयर कानुनको नाममा महिलालाई दुःख दिइएको छ, जबकी पुरुषलाई यस्तो कानुन छैन । यसमा उनले गर्भपतनको जिकिर गरेकी छन् ।

कामुकताको वर्गिकरण गर्दै उनले भनिन्, ‘योनी बाहिर शुक्राणु निकाल्नु नजन्मिएको बच्चाविरुद्ध कारबाही हो । यो जीवनलाई पवित्र बनाई राख्न असफलता हो ।’

यो विधेयक कतिपयलाई मजाक लागेको भन्दै उनले भनिन्, ‘टेक्ससमा जो महिला हरेक दिन सामना गरिरहेका छन्, यो कुनै मजाक होइन । यहाँका सांसदले महिलाका लागि स्वास्थ्य सुविधाका लागि निकै कठिन बनाएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment