Comments Add Comment

भरतपुर क्यान्सर अस्पतालमा कोलोस्टोमी ब्याग अभाव, बिरामी मारमा

६ चैत, चितवन । आन्द्राको क्यान्सरबाट ग्रसित बिरामीहरुका लागि शौच गर्न सहज बनाउने कोलोस्टोमी ब्याग अभाव भएपछि बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेका बिरामीहरु समस्यामा परेका छन् ।

दातृ संस्थामार्फत बिभिन्न देशले निःशुल्क उपलब्ध गराउँदै आएको कोलोस्टोमी ब्यागको मौज्जाद अस्पतालमा सकिएपछि बिरामीलाई के गर्ने भन्ने अन्यौल थपिएको छ । अस्पतालले हरेक बुधबार बिरामीलाई यस्तो व्याग उपलब्ध गराउँदै आएको थियो । यो क्रम दुई सातादेखि रोकिएको छ ।

बर्दियाबाट काकाको उपचार गर्न आएका विपिन पौडेलले अस्पतालमा कोलोस्टोमी व्याग नहुँदासमस्या भएको बताए । पौडेलले त्यसको विकल्पका रुपमा अस्पतालले अरु केही व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

रेडियोथेरापी मेसिन नयाँ ल्याइने

भरतपुर क्यान्सर अस्पतालमा लामो समयदेखि विग्रीएर थन्किएको रेडियोथेरापीको मेसिन नहुने भएपछि नयाँ खरिदका लागि सरकारले प्रकृया थालेको क्यान्सर अस्पतालका उपनिर्देशक देजकुमार गौतमले बताएका छन् ।

हाल क्यान्सर अस्पतालमा रेडियोथेरापीको एउटा मात्रै मात्रै मेसिन सञ्चालनमा छ । ४ वटा मेसिन रहे पनि ३ वटा मर्मत गर्नै नमिल्ने गरी विग्रिएको गौतमले वताए ।

भरतपुर क्यान्सर अस्पतालमा दैनिक ६० देखि ८० जना विरामीहरुले रेडियोथेरापी गर्दै आएका छन् । तर अस्पतालमा रेडियोथेरापी गराउने विरामीको चाप दैनिक ५ सय जना भन्दा बढी रहेको अस्पतालको तथ्यांक छ ।

सञ्चालनमा रहेको एउटा मेसिन समेत विग्रिएको अवस्थामा अस्पतालको रेडियोथेरापी सेवा नै ठप्प हुने अवस्था देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment