Comments Add Comment

जनमोर्चाले भन्यो- राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र राख्न पाउनुपर्छ

६ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राप्रपाको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाउन निर्वाचन आयोगले दिएको निर्देशनको विरोध गरेको छ ।

‘निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म’ सम्बन्धी नीतिलाई बदल्न दिएको निर्देशनलाई हामीले गलत मान्दछौं र त्यो संविधानमा व्यवस्था गरिएको अधिकारको पनि विरुद्ध छ भन्ने हाम्रो मत छ,’ अध्यक्ष चित्रबहादुर केसीले आइतबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

निर्वाचन आयोगले राप्रपाको विधानका केही वाक्यांश संविधान र गणतन्त्रसँग मेल नखाएको भन्दै हटाएको थियो ।

(यो पनि पढ्नुहोस्: निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटायो)

जनमोर्चाले हरेक पार्टीका आ-आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुने भन्दै तिनीहरु राज्यको संविधान, कानुन वा नियमहरुसँग मेल नखाने तर्क गरेको छ ।

जनमोर्चाले संघीयताको विरोध गर्दै आएको छ । तर, संघीयतासहितको संविधान जारी भएलगत्तै बनेको केपी ओली नेतृत्वको सरकारमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपप्रधानमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment