बुधबार, १६ चैत, २०७३
OnlineKhabar.com

जनमोर्चाले भन्यो- राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र राख्न पाउनुपर्छ

अनलाइनखबर

६ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राप्रपाको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाउन निर्वाचन आयोगले दिएको निर्देशनको विरोध गरेको छ ।

‘निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म’ सम्बन्धी नीतिलाई बदल्न दिएको निर्देशनलाई हामीले गलत मान्दछौं र त्यो संविधानमा व्यवस्था गरिएको अधिकारको पनि विरुद्ध छ भन्ने हाम्रो मत छ,’ अध्यक्ष चित्रबहादुर केसीले आइतबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

निर्वाचन आयोगले राप्रपाको विधानका केही वाक्यांश संविधान र गणतन्त्रसँग मेल नखाएको भन्दै हटाएको थियो ।

(यो पनि पढ्नुहोस्: निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटायो)

जनमोर्चाले हरेक पार्टीका आ-आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुने भन्दै तिनीहरु राज्यको संविधान, कानुन वा नियमहरुसँग मेल नखाने तर्क गरेको छ ।

जनमोर्चाले संघीयताको विरोध गर्दै आएको छ । तर, संघीयतासहितको संविधान जारी भएलगत्तै बनेको केपी ओली नेतृत्वको सरकारमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपप्रधानमन्त्री बनेका थिए ।

२०७३ चैत ६ गते १३:४९ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
५ प्रतिकृयाहरू प्राप्त
  • kamal लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १४:००

    तेसो भए सिके राउतलाई शान्तिपूर्ण तवरले स्वतन्त्रताको वकालात गर्न किन नदिने?

    13
    21
    Share

  • ओम आचार्य लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १४:३१

    राप्रपा को विधान माथि निर्वाचन आयोगको निर्णय जे सुन्न मा आयो त्यो दुखद र अन्याय पुर्ण छ। वहु राजनितिक प्रणालिमा वहु राजनितिक विचार पनि हुन्छ र अझ भन्ने हो भने निर्वाचन आयोग ले राप्रपाको विधानमा समेटिएको कुरामा जुन वन्देज लगाएको छ वास्तवमै त्यो सनातन विचार हो सनातन राजनीतिक प्रणाली हो
    वर्तमान समयमा समय र परिस्थितिले त्यो विचार र सनातन धर्म विस्थापित भयो तर त्यो विचार र सनातन धर्म भएकाहरु पनि यस मुलुकमा अन्य राजनैतिक पाटीसरह स्थापित भै सकेका छन ।
    रा प्र पा को विधानमा भएको कुरा ले देस विखण्डन गर्दैन राष्ट्रीय एकतामा ख़लल गर्दैन र उस्ले वोकेको सनातन हिन्दु धर्मले धार्मिक सहिष्णुता वडाएर लान्छ तर निर्वाचन आयोगको कुराले भोलि अन्य राजनैतिक पाटीको भविस्य यस्तै हो भने वडारेर लान्छ ।
    यो सवै पाटिको लागी घातक हो समयमै सोच्नु पर्छ।नत्र कालान्तरमा अन्य पाटीमा पनि यस्तो निर्णय क्रमश आउन सक्छ ।
    अहिले राप्रपा माथिको निर्वाचन आयोगको निर्णय अन्य पाटीलाइ मुतको न्यानो जस्तै हो वुजे हुन्छ

    21
    7
    Share

  • SUMAN RAI लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १५:१३

    TIMRO PARTY KO BIDHANMA RAJTANTRA RA HINDU RASTRA RAKHE BHAIGONI SANGGHIYATA KO BIROD GAREKO CHHAU NAI

    6
    16
    Share

  • prayas लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ६:२८

    यसो नभन बुढा अहिले सम्म कमाएको ईज्जत जान्छ है । बेलैमा भन्दियाछु नी ।

    0
    0
    Share

  • nara bahadur moktan लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ९:२६

    communist mukhundodhari ghopte budho baulaye chha ki kya ho gathe?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this