Comments Add Comment

सव्सिच्युड हुनुपर्दा रोनाल्डोले अपशब्द बोले

६ चैत, काठमाडौं । लिग लिडर रियल मड्रिडले एथ्लेटिको विल्वाओबिरुद्ध दुई एकको जित हासिल गर्दै तीन अंक हासिल गर्‍यो । तर त्यस खेलबाट रोनाल्डो यस कारण सन्तुष्ट भएनन् कि उनी खेलको बीचैमा सब्सिच्युड हुनुपर्‍यो ।

खेलमा १० मिनेटको समय बाँकी रहँदा जिनेदिन जिदानेले आफ्ना सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई निकालेर इस्कोलाई पठाउने निर्णय गरे ।

गोल टिभीको भिडियोमा देखिएअनुसार सब्सिच्युड हुँदै गर्दा रोनाल्डोले अपशब्द प्रयोग गरेका थिए । उनले ‘हृवार्इ मी ? **** अफ’ बोलेको भिडियोबाट प्रष्टिन्छ ।

यो पहिलो पटक होइन कि रोनाल्डोले सब्सिच्युड हुनुपर्दा आफ्नो निराशा व्यक्त गरेको छ । यसपटक रोनाल्डोले सब्सिच्युड हुँदैगर्दा इस्कोसँग हात भने मिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment