Comments Add Comment

पुजाराले हाने करिअरको तेस्रो दोहोरो शतक

६ चैत, काठमाडौं । भारतका टेष्ट ब्याट्सम्यान चेतेश्वर पुजाराले करिअरको राँचीमा जारी अष्ट्रेलियाबिरुद्धको तेस्रो टेष्टमा करिअरको तेस्रो दोहोरो शतक पूरा गरेका छन् ।

तेस्रो नम्बरमा ब्याटिङका लागि आएका उनले ५२१ बलको सामना गरी २०० रनको कोशेढुंगा पार गरेका हुन् ।

५२५ बल खेलेर उनी २०२ रनको व्यक्तिगत स्कोरमा अष्ट्रेलियाली स्पिनर नाथान ल्योनको बलमा पेविलियन फर्किए ।

उनले यसअघि २ पटक भारतीय टोलीका लागि दोहोरो शतक पूरा गरेका थिए । २०१२ मा इंग्ल्याण्डबिरुद्ध र २०१३ मा अष्ट्रेलियाबिरुद्ध उनले दोहोरो शतक प्रहार गरेका छन् । टेष्ट क्रिकेटमा उनको अर्वाधिक व्यक्तिगत स्कोर २०६ रन हो ।

तेस्रो टेष्टको दोस्रो दिन १० रन बनाएका पुजाराले तेस्रो दित शनिबार १२० रन जोडेका थिए । १३० रनबाट चौथो दिनको सुरुवात गरेका उनले दोहोरो शतक प्रहार गरे । उनी सबैभन्दा लामो इनिङ खेल्ने भारतीय ब्याट्सम्यानपनि बनेका छन् ।

उनले सातौं नम्बरमा ब्याटिङमा आएका ऋद्धिमान शाहसँग १९९ रनको मशत्वपूर्ण साझेदारी गरे । शाहले पनि शतक प्रहार गरिसकेका छन् । तेस्रो टेष्टमा ब्याट्सम्यान हावी बन्दा भारतले अहिलेसम्म ७ विकेट गुमाएर ५३६ रन बनाएको छ भने पहिलो इनिङमा ९० रनको अग्रता लिइसकेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले कप्तान स्टिभ स्मिथ र ग्लेन म्याक्स्वेलको शतकीय इनिङको सहयोगमा ४५१ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment