Comments Add Comment

अष्ट्रेलियाबिरुद्ध पहिलो इनिङमा भारतको ६०३ रन, १५२ रनको अग्रता

६ चैत, काठमाडौं । राँचीमा जारी अष्ट्रेलियाबिरुद्धको तेस्रो टेष्टको पहिलो इनिङमा भारतले ८ विकेटको क्षतिमा ६०३ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको छ । पहिलो इनिङमा भारतले १५२ रनको अग्रतासमेत लिएको छ ।

अघिल्ला दुई टेष्टमा उल्लेख्य रन बनाउन नसकेको भारतले तेस्रो टेष्टमा चेतेश्वर पुजाराको दोहोरो र ऋद्धिमान शाहको शतकीय योगदानबाट ९ विकेट गुमाएर ६०३ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको हो ।

भारतका लागि ओपनरद्वय केएल राहुलले ६७ तथा मुरली बिजयले ८२ रनको पारी खेल्दै राम्रो सुरुवात गरेका थिए ।

चोटग्रस्त कप्तान कोहलीले ६ रनमात्र बनाएपनि अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक थियो । रविन्द्र जडेजा ५४ रन बनाएर अविजित रहे । उनले ५५ बलमा ५ चौका र २ टक्का प्रहार गरे ।

अष्ट्रेलियाका प्याट क्युमिन्सले ४, स्टिफ ओकिफले ३ तथा जस हेजलउड र नाथान ल्योनले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४५१ रन बनाएको थियो । उसका लागि ग्लेन म्याक्सवेल र कप्तान स्टिभ स्मिथले शतकीय योगदान गरेका थिए । भारतका रविन्द्र जडेजाले ५ तथा उमेश यादवले ३ विकेट लिएका थिए ।

अष्ट्रेलियाले दोस्रो इनिङको सुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment