Comments Add Comment

सातौं हुण्डाई ओपन गल्फको उपाधि शाहलाई

६ चैत, काठमाडौं । बिकास शाहले हुन्डाई ओपन गल्फ टुर्नामेन्टको सातौं संस्करणको उपाधि हात पारेका छन् ।

आङ नोर्वु शेर्पालाई १ अंकले पछि पार्दै कुल ३९ अंकका साथ शाहले उपाधि जितेका हुन् । आठ ह्याण्डिक्याप खेल्दै उनले ९ होलमा १९ र पछिको नौ होलमा २० अंक जोडे । उपाधिसहित उनले १ लाख बराबरको गिफ्ट भौचर र एक थान कुलप्याड स्मार्टफोन पुरस्कार जिते ।

एक अंकले उपबिजेतामा चित्त बुझाएका शेर्पाले ५० हजार बराबरको गिफ्ट भौचर र एक थान कुलप्याड स्मार्टफोन पुरस्कार पाए । पहिलो ९ होलमा २० अंक जोडेका उनले पछिल्लो ९ होलमा १८ अंकमात्रै जोड्न सकेपछि उपाधिबाट बिमुख भएका थिए ।

त्यस्तै महिलातर्फको उपाधि प्रतिमा शेर्पाले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उनले २० हजार बराबरको गिफ्ट भौटर र एक थान कुलप्याड स्मार्टफोन पुरस्कार पाइन् ।

६० वर्ष माथी उमेर समूहमा गोपाल चित्रकार बिजयी भए । त्यस्तै १७ बर्षमुनी अन्तर्गतको स्पर्धामा साम डउवालार्ड बिजेता बने । उनीहरु दुवैले २० हजार बराबरको गिफ्ट भौचर र एक थान कुलप्याड स्मार्टफोन पुरस्कार पाए ।

कुल १ सय १५ सहभागीहरुले भाग लिएको यो प्रतिस्पर्धाको स्पोन्सर लक्ष्मी इन्टरकिन्टनेटलले गरेको हो भने सहभागीहरुले ३÷४ स्टेबलफोर्ड फम्र्याटमा खेल खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment