शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

युएईका नेपाली संघसंस्था, समाजसेवा र चुनौती

निश्चल दाहाल

युएईमा नेपाल र नेपालीहरुको सहयोगका निम्ति राष्ट्रिय, अन्तर्राष्ट्रिय, जिल्ला, गाउँ, जात, धर्म, कला, संस्कृतिक आदि आधारमा करिब ८० भन्दा धेरै नेपाली संघसंस्था क्रियाशील छन् । नेपाली दूतावासले पनि पछिल्लो पटक युएईमा रहेका नेपाली संघसंस्थाहरुको अस्तित्व र सहयोगी क्रियाकलापलाई सकारात्मक रुपमा लिएर आफ्ना कार्यक्रमहरुमा क्रियाशील नेपाली संघसंस्थाहरुलाई निम्तो गर्ने राम्रो परिपाटीको विकास गरेको छ ।

यद्यपि युएईको कानुन अनुसार यहाँ दर्ता नभई कुनै पनि सामाजिक कार्य गर्नु गैरकानुनी मानिन्छ । यस्तो परिस्थितिमा पनि युएईमा रहेका नेपालीहरुलाई पर्न जाने समस्या, चाहे त्यो आर्थिक होस्, स्वास्थ्य होस्, कानुनी होस् या अन्य कुनै, ती सबैमा संगठित रुपले सामाजिक संघसंगठनहरुले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सरसहयोग गरिरहेका छन् ।

विदेशी परिप्रेक्ष्यमा हेर्दा असामान विचार, मिजास वा कार्यपद्धति भए पनि, एक साझा उद्देश्यपूर्तिको लागि एकत्रित भएर भावनात्मक रुपमा एकता हुनु नै समाज निर्माण गर्नु हो ।

समाजसेवा बाध्यात्मक कदापि हैन, यो स्वैच्छिक हुन्छ । समाजसेवामा व्यक्तिगत स्वार्थलाई त्यागेर सामाजिक स्वार्थ हेरिन्छ र परिवर्तन खातिर केही कदम चालिन्छ जसको प्रतिफल सेवीलाई हैन सेवाग्राहीलाई हुन्छ ।

समाजसेवा गर्छु भन्ने बित्तिकै त्यो ब्यक्तिलाई विशिष्ट स्थानमा राख्नुपर्ने हुन्छ किनकि यो कुनै सामान्य संकल्प हैन । यो त्याग हो, बलिदान हो र सकारात्मक परिवर्तनको सुत्रधार हो । हामी विदेशी भूमिमा स्वभावैले एक्लो महसुस गर्ने गर्छौं, यो मानवीय गुण नै त हो ।

लेखक

मानिस स्वभावैले समाजमा हुर्कन्छ र समुदायको आवश्यकता महसुस गर्ने गर्छ । अझ आफ्नो जन्मस्थान छोडेर बिदेशिएको हामीहरुलाई त समाज अत्यावश्यक नै हुन्छ ।

नेपाली दूतावासको सीमित पहुँच तथा विभिन्न समस्याका कारण पनि यहाँका श्रमजीवीहरुलाई पर्ने अफ्ठ्यारोहरुमा तत्काल सहयोग तथा राहत पुग्न सक्तैन । त्यस अवस्थामा कुनै न कुनै संस्थाले दूतावासको ध्यानाकर्षण गराइ समस्या समाधानार्थ पहल भने गरिरहेका हुन्छन् । यस प्रसङ्गमा यो बुझ्न पनि जरुरी छ, ज्यादातर सहयोग आर्थिक पाटोको परिधिमा हुन्छ ।

अब ती संस्थाहरुले कसरी निरन्तर प्राय: आर्थिक सहयोग जुटाउन सक्छन् त ? आपसी सरसल्लाहले आफ्नो छाक कटाएर आफ्नो आर्जनको केही प्रतिशत सामाजिक कामको लागि खर्चिएको हुन्छ । ती समाजमा आबद्ध भएर प्रतिनिधि चुनिएकाहरु प्राय युएईको समाजमा सुकिला मुकिला, कोटवाला भनेर व्यंग्यात्मक रुपमा चिनिन्छन् तर यो बुझ्न हामी सक्दैनौ कि उनीहरु पनि एक लेबर नै हुन्, जो धेरै बर्ष काम गरेर कोट लाउन सक्ने अवस्थामा पुगेका छन् भनेर ।

हामी आफूले इच्छाएको वा चाहेको काम नभएको खण्डमा त्यही पदाधिकारीहरुलाई बेस्मारी गाली गर्छौं । तर, समस्या समाधान गर्न एउटा सिन्को पनि भाँच्दैनौं । यी संस्थाहरुका प्रतिनिधिहरु भेला भएर केही कार्ययोजना बनाउन लागे भने जनताको पैसा उडाए भन्छौं ।

समाजसेवा बाध्यात्मक हुँदैन भनिरहँदा यो दर्शाउन खोजिएको हो कि, कसैले कसैले सहयोग गर्न चाहन्छ या चाहँदैन, त्यो उसको नितान्त ब्यक्तिगत इच्छा हो । साथै कुनै संस्थामा आबद्ध छ भन्दैमा उसले नाकको तालले सहयोग गर्नुपर्छ भन्नु मूर्खता हो । धेरै कारणहरु हुन सक्छन्, कानुनी बन्देज हुन सक्छन्, आर्थिक अभाव हुन सक्छन्, जसका कारणले सहयोग गर्न नसकेको हुन सक्छ । तर त्यसलाई उसैको जिम्मेवारी हो भनेर लाञ्छना लगाउनु मूर्खता सिवाय केही हैन ।

आर्थिक पाटोको कुरा निकालिरहँदा यस विषयलाई अझ स्पष्ट पारौं । हामीलाई युएईका संघसंस्थाहरुको आर्थिक आर्जनको स्रोत निकै राम्ररी थाहा छ र यहाँका संघ-संगठनहरुको काम-कारबाहीको क्षेत्राधिकारबारे पनि जानकारी छ ।

उदाहरणका लागि गैरआवासीय नेपाली संघको कुरा गरौं । सायद यसले सबै संघसंगठनका भावना प्रतिनिधित्व गर्छ । एउटा समाज भनेर नामकरण गर्नुअघि श्रोत-साधनले भ्याएसम्म सबै विदेशिएका नेपाली दाजुभाइ दिदी-बहिनीलाई एक ठाउँमा भेला गराइन्छ या सो गर्ने वातावरण बनाइन्छ । त्यही जमातमा या त क्याम्प क्याम्पमा गएर सदस्यता वितरण गरिन्छ । जस वापत केही शुल्क उठाइन्छ । त्यो शुल्क पछि आइपर्ने समस्याहरुमा कसैलाई सहयोग होस् भनी साँचेर राखिन्छ ।

अब संस्थाको नेतृत्व गर्न भने, समय ज्यादा मिल्ने, टाठोबाठो, बुद्धिजीवी अध्ययनशील आदि क्षमता भएको कोही ब्यक्ति चुनिन्छ । यदि ती गुणहरु भएका धेरै ब्यक्ति भए प्रजातान्त्रिक पद्धतिबाट चुनाव गराएर होस् या सम्झौता गराएर एक व्यक्तिले नेतृत्व गरेको हुन्छ । उसको नेतृत्वमा एक टीम चयन हुन्छ । अब त्यो टीमले समय मिलाएर सामाजिक काम गर्छ । त्यही अप्ठ्यारोमा परेकालाई आवश्यकता अनुसार आर्थिक, भौतिक, कानुनी सहयोग गर्ने गरिन्छ । यो दौरानमा आवश्यक अर्थ ब्यवस्थापन कसरी हुन्छ त ? ज्यादातर चन्दा उठाएर । संघसंस्थाहरुसँग न सरकारी कोष छ, न कुनै विदेशी दाता । प्रायले स्वयं आफ्नो तलबको अंश काटेर सहयोग गर्ने र समय पनि खर्चने गरिएको पाइन्छ ।

हामी आफूले इच्छाएको वा चाहेको काम नभएको खण्डमा त्यही पदाधिकारीहरुलाई बेस्मारी गाली गर्छौं । तर, समस्या समाधान गर्न एउटा सिन्को पनि भाँच्दैनौं । यी संस्थाहरुका प्रतिनिधिहरु भेला भएर केही कार्ययोजना बनाउन लागे भने जनताको पैसा उडाए भन्छौं । तर, यो बुझ्दैनौं कि त्यो पैसा उनीहरुले आफ्नो गोजीबाट खर्चेका हुन्छन् । हामी आफ्नो ओछ्यानमा लडेर फेसबुकमा उनीहरुलाई गाली गरिरहँदा उनीहरु आफ्नो व्यक्तिगत समय खर्चेर कहाँ के भइरहेको छ ? त्यो खोजी गरी सम्बन्धित निकायको ध्यानाकर्षण गर्न तल्लीन हुन्छन् ।

हामी समस्या सामाजिक सञ्जालमा रंग्याउँछौं, तर समाधान गर्न सहयोग गर्दैनौं । हामी उसलाई संस्थाबाट अर्बं कमाउने देख्छौं तर यथार्थमा ऊ दिनानुदिन गरिब हुँदै गइरहेको हुन्छ । हामी आफू गर्न अघि बढ्दैनौं, न त ती बढेकालाई सहयोग नै गर्छौं । बस्, समस्याको पोका खोल्छौं अनि गालीगलौज गर्छौं । कस्तो समाजको परिकल्पना गरेको छौं त हामीले ? के सिकाउँदै छौं र के सिक्दै छौं ? यो मूल्यांकन गर्न हामी आफैं चुकिरहेका छौं । बडो विडम्बना छ !

परदेशबाटै भए पनि देश निर्माणको कुनै काममा सहयोग गर्न ती प्रतिनिधि लागिरहँदा हामी खुट्टा तान्ने र डाहा गर्ने परीपाटीमा लागिरहन्छौं ।

कसैलाई आरोप लगाउनुअघि एक पटक मूल्यांकन गरौं कि मैले के गरेको छु भनेर । आफूले आफूलाई नै प्रश्न गरौं । उत्तर आफैं आउँछ । एक नेपालीले अर्काे नेपालीको आँसु पुछ्न हातेमालो गरौं । संघ-संस्थाहरुसँग सहकार्य गरौं । यसबाट धेरै सकारात्मक परिवर्तन गर्न सकिन्छ । आरोप-प्रत्यारोपको खेल बन्द गरेर काम गर्ने समाजसेवीहरुको प्रोत्साहन गरौं । सकिन्छ, उसलाई सहयोग गरौं, सहयोग गर्न सकिन्न भने गाली चाहिँ नगरौं । जय समाज सेवा !

(लेखक एनआरएन युएईका युवा संयोजक हुन् )

२०७३ चैत ६ गते १७:०८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • dharanidhar adhikari लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते २२:०२

    article is very nice. nischal u defined social service very clearly. now I m proud of u being your teacher of your chieldhood.

    1
    0
    Share

  • Nir Bahadur Pakhren लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ११:३८

    Very analytically and critically explored the issue. We have a tendency to see the achievement made by people not the struggle done to achieve the achievement. You should not stop doing the social work in the small comment of people. Let them to comment but don’t forget your destination.

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this