Comments Add Comment

मधेसी मोर्चाद्वारा रुपन्देहीका ३ गाउँपालिकाको कार्यालयमा तालाबन्दी

६ चैत, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले जिल्लाका ३ वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले मर्चवारीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका रसेमरीमाई गाउँपालिकामा तालबन्दी गर्दै साइनबोर्ड पनि हटाएको हो ।

सरकारले संविधान संसोधन नगरी स्थानिय तहको निर्वाचन घोषणा गरेकाले केन्द्रीय कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको मोर्चाको एक घटक सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओम प्रकाश यादव गुल्जारीले बताए । उनले संविधान संशोधन नगरे मधेस क्षेत्रमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने चेतावनी समेत दिए ।

उनले अब मर्चवार क्षेत्रमा मात्र नभई जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment