Comments Add Comment

१००औं टेष्टमा बंगलादेश बिजयी

६ चैत, काठमाडाैं । सन् २००० मा टेष्ट मान्यता पाएयताको १००औं टेष्टमा बंगलादेशले श्रीलंकामाथि ४ विकेटको प्रभावशाली जित हासिल गरेको छ । जितसँगै उसले तीन टेष्टको शृङखलामा १-१ को बराबरी पनि गरेको छ ।

कोलम्बोस्थित पी सारा ओभलमा दोस्रो टेष्टको पाँचौं दिन श्रीलंकाले दिएको १९१ रनको लक्ष्य बंगलादेशले ६ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनर तमिम इक्वालले ८२ तथा सविर रहमानले ४१ रनको योगदान गरे । कप्तान मुसफिक्वर रहीम २२ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो इनिङमा दिनेश चण्डिमालको शतकको सहयोगमा ३३८ रन बनाएको थियो । चण्डिमालले १३८ रन जोडे । बंगलादेशका मेहदी शसनले ३ तथा सकिव अल हसन, मुस्ताफिजुर रहमान र सुवासिस रोयले २/२ विकेट लिएका थिए ।

पहिलो इनिङमा बंगलादेशले ४६७ रन बनाउँदै १२९ रनको अग्रता लिएको थियो । सकिव अल हसनले पहिलो इनिङमा ११६ रनको शतकीय पारी खेलेका थिए । सौम्य सरकार, सकिव अल हसन तथा डेब्यु गरेका मोसादेक हुसेनले तथा कप्तान मुसाफिक्वर रहमानले अर्धशतक प्रहार गरेका थिए ।

१२९ रनले पछि परेेर दोस्रो इनिङ सुरु गरेको श्रीलंकाले ओपनर कुरुनारत्नेबमे १२६ रनको शतकीय योगदानमा ३१९ रन बनाउँदै बंगलादेशलाई १९१ रनको लक्ष्य पेश गरेको थियो । उसका लागि कुशल परेराले पनि अर्धशतक प्रहार गरेका थिए ।

जितसँगै तीन टेष्टको शृङखला बंगलादेशले १/१ को बराबरीमा पुर्‍याएको छ । दुईबीचको तेस्रो टेष्ट बुधबारदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment