Comments Add Comment

अशोक लेलैण्डले नेपालमा सार्वजनिक गर्‍यो भाइकिङ बस


६ चैत, काठमाडौं । भारतको चर्चित कमर्सियल भेहिकल उत्पादक अशोक लेलैण्डले भाइकिङ बस नेपालमा सार्वजनिक गरेको छ । नेपालको लागि अशोक लेलैण्ड कमर्शियल भेइकल्स्को आधिकारिक विक्रेता एलटी ईन्टरप्राईजेजले शुक्रबार साँझ यी बसहरु सार्वजनिक गरेको हो ।

आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा अशोक लेलैण्ड कम्पनीका भाइस प्रेसिडेण्ट रविकुमार पंगाले संयुक्त रुपमा बसहरु अनावरण गरेका हुन् ।

अशोक लेलैण्डको भाईकिंगबसमा १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआईपी तथा मेकानिकल गर्भनर भाईकिङ्ग बसहरुले सदा झैं न्यूनतम इन्धन खर्चमा उच्चप्रर्दशन गर्ने कम्पनीले जनाएको छ ।

नयाँ भाईकिङ्ग बसले हाल बजारमा भएका बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा प्रदान गने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment