Comments Add Comment

आईजीपी प्रकरणः सरकारी वकिलद्वारा इजलास बहिष्कार

महान्यायाधिवक्ता रमण श्रेष्ठ

६ चैत, काठमाडौं । डीआईजी जयबहादुर चन्दलाई प्रहरी आईजीपीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाईका क्रममा सरकारी वकिलले प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलास बहिष्कार गरेका छन् ।

बढुवा सिफारिस रोक्न अन्तरिम आदेश जारी गर्ने न्यायाधीशकै संलग्नतामा पूर्ण इजलास गठन भएको र उक्त इजलासबाट निष्पक्ष निर्णय आउनेमा शंका व्यक्त गर्दै चन्द पक्षीय वकिलहरुले बहिस्कार गरेका हुन् ।

 

प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरीम आदेशको निर्णय सुनाएको र ईश्वर खतिवडाले डीआईजी नवराज सिलवालविरुद्ध गुनबहादुर थापाका छोरा सागरले मिटरव्याज काण्ड लगायत अन्य लेनदेनको विषयमा हालेको रिट खारेज गरेकाले पनि पूर्ण इजलासमा बस्दा निश्पक्ष निर्णय नहुने भन्दै महान्यायाधिवक्ता रमण श्रेष्ठ बाहिरिएका थिए ।

यस्तै न्यायाधीश हरिकृष्ण कार्कीले पनि अन्तरिम आदेशको निरन्तरता दिएकाले पूर्ण इजलासमा बस्न नमिल्ने सरकारी वकिलहरुले तर्क गरेका थिए ।

चन्दको बढुवाविरुद्ध परेको मुद्दा अन्तिम सुनुवाईका लागि प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment