शनिबार, १० असार, २०७४
OnlineKhabar.com

विदेशी जेलमा दुई सय ३१ नेपाली, १९ जनालाई मृत्युदण्डको सजाय

अनलाइनखबर

७ चैत, काठमाडौं । वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् ।

कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्षे जेल सजाय काटिरहेका छन् भने, सात जनाको मुद्दा अदालती प्रक्रियामा छ । साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भएपनि रकम तोकिएको छैन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

मलेसिया जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जानलाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ ।

जेलमा रहेका मध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्युदण्ड हुनसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ ।

२०७३ चैत ७ गते ६:४८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Bhup Raj Neupane लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ८:११

    This is very bad news to hear. It is so sad of our countr’s situation of poverty. but, There is one possibility in future. The Govt of Nepal can make Extradition Treaty with the countries where most Nepali go for employment. This(with criminal law principle) treaty requires that the accused to be prosecuted in oun native country. It is unjust that we have no penalty but the country having death penalty prosecuting the nationals of our country. why govt can not think of it??

    2
    0
    Share

  • suresh timilsina लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १०:३२

    AJA KO NEWS PAPER PADEKO HAMRO NEPAL KO NETAHARU LAI LEVEL MILANA VANERA AAPATI XA,TARA HAMRA NETAHARU TATENAI AAPATI HAMRA BEDASH MA JELL JIVEN BETAIRAA NEPALI HARU MA RAKEHARA UNI HARU LAI BACHAUNUMA LAGNUS. NAA BHULNUS KI TINI JALL PAREKO NEPALI LAE GARDA HAJUR HARU TYA SAMMA PUGNU VAKO HO.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this