शनिबार, १० असार, २०७४
OnlineKhabar.com

उपत्यका भित्रिने १० नाका बन्दै, यहाँ खुल्दै छन् नयाँ नाका

अनलाइनखबर
७ चैत, काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ ।
निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही वर्षभित्रै मोफसलवासी व्यवस्थित नाका भएर उपत्यका छिर्न पाउनेछन् । सडक विभागका अनुसार कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने टीकाभैरव नाका, सीतापाइला–धार्के, दक्षिणकाली–छैमले, साँखु–मेलम्ची, बालाजु–रानीपौवा नाकालाई व्यवस्थित गरिनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सूर्यविनायक–बनेपा, नागढुंगा–सिस्नेखोला, टोखा–छहरे खोलिन लागिएकामध्ये नयाँ नाका हुन् । त्यस्तै, काठमाडौं–हेटौँडा सुरुङमार्ग र काठमाडाैँ–निजगढ द्रुतमार्ग निर्माण पूरा भएपछि नयाँ नाका खोलिनेछ । सडक विभागका प्रवक्ता दयाकान्त झाले केही वर्षभित्रै मोफसलबाट १० वटा व्यवस्थित नाकाबाट राजधानी काठमाडौं भित्रिन सकिने जानकारी दिए ।
त्यसमध्ये कतिपयमा काम सुरु भइसकेको र केही योजनाका क्रममा रहेको उनको भनाइ छ । ‘उपत्यका भत्रिने १० वटा नाका विस्तार हुँदै छन् । त्यसमध्ये पाँचवटा नयाँ खोलिँदै छ भने कतिपय भएकै नाकालाई व्यवस्थित गरिँदै छ । यसका लागि बजेट विनियोजन भइसकेको छ ।’
२०७३ चैत ७ गते ६:०२ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • nab लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:३१

    Khola khola jati sakcha naka khola, desbharka sabai manche lai yehi lyau. Ktm valley lai narka banau.

    0
    0
    Share

  • BABU SUBEDI लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:४७

    उपत्यका भित्रिने १० नाका बन्दै, यहाँ खुल्दै छन् नयाँ नाका याे भनाइ देश हाकने नेताहरुकाे लालपप कुरा नहाेला भन्न सकिदैन ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this