Comments Add Comment

आर्थिक समाचारः महासंघमा गोल्छा र प्रधान भिड्दै

७ चैत, काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु भएको छ । आजको दैनिक पत्रिकाका आर्थिक पृष्ठमा महासंघ निर्वाचनको समाचारले महत्व पाएको छ ।

मुलुकको आर्थिक नीतिदेखि औद्योगिक र व्यवसायिक वातावरण निर्माण तथा निजी क्षेत्रका उद्योगी, व्यवसायीको हकहित संरक्षणसम्ममा महासंघको भूमिका रहने हुँदा यसको नेतृत्व चयनले देशब्यापी चर्चा पाउने छ । महासंघमा गोल्छा र प्रधान भिड्दैलाई नागरिकले मुख्य समाचार बनाएको छ ।

त्यस्तै कारोबार दैनिकले पनि महासंघमा उम्मेदवार घोषणाको प्रतिस्पर्धालाई मुख्य समाचार बनाएको छ ।

युरोप अमेरिका प्रलोभनमा करोडौं ठगी हुनेलाई नागरिकले उल्लेख गरेको छ । प्रधानमन्त्री र उर्जामन्त्रीकै निर्णय बाझिएकोलाई लेखेको कारोबारल ‘ओटीसी बजारलाई बेवास्ता गर्दै कम्पनीहरु’लाई पनि उल्लेख गरेको छ ।

आधा औषधि मुलुकमै बनेकोलाई अन्नपूर्ण पोस्ट् दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै गोल्छा प्यानलको उम्मेदवारी घोषणालाई पनि अन्नपूर्णले लेखेको छ ।

निर्माण क्षेत्रमा न्यून लगानी प्रतिबद्धतालाई मुख्य समाचार बनाएको अभियान दैनिकल ब्याजदरमा सर्वोच्चको फैसला मान्न राष्ट्र बैंङ्कको निर्देशनलाई पनि उल्लेख गरेको छ । प्रशारण लाइनको ढिलाइले अप्पर सोलु मर्कामा परेकोलाई पनि अभियानले लेखेको छ ।

पश्चिम सेती आयोजनाबारे सरकारको भनाई उल्लेख गर्दै नयाँ पत्रिका दैनिकले लेखेको छ- कि छाड्नुपर्‍यो कि बनाउनुपर्‍यो । ‘सेबोनकै कर्मचारी सेयर कारोबारमा’लाई उल्लेख गरेको नयाँ पत्रिकाले बुटवलवाट गोल्छा समुहको उम्मेदवारी घोषणालाई पनि समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment