Comments Add Comment

नवाजुद्दीन सिद्दीकीको दाम्पत्य लथालिंग !

दमदार अभिनय कारण बलिउडमा छुटै चिनारी बनाएका कलाकार हुन्, नवाजुद्दीन सिद्दीकी । तर, उनको दाम्पत्य जीवन भने दुई चिरा परेको छ । हालै के चर्चा सुन्न थालिएको छ भने, नवाजुद्दीनलाई पत्नीले छाडेकी छिन् । पत्नी अञ्जली दुई बच्चा च्यापेर अलग भएकी हुन् ।

कसरी बिगि्रयो त उनको घरबार ?

दोष, नवाजुद्दीनकै देखिन्छ । उनले पत्नीलाई छलेर अर्कै एक पत्रकार महिलासँग सम्बन्ध बनाएका रहेछन् । घरवालीलाई छाडेर बाहरवालीसँग लहसिन थालेपछि त्यसले दाम्पत्य सम्बन्धमा चिरा ल्याउने नै भयो । यस्तै भयो, नवाजुद्दीनको हकमा पनि ।

नवाजुद्दीनको महिला पत्रकारसँग हिमचिम बढेसँगै सुरु भएको गृह कलह अहिले छताछुल्ल भएको हो । यद्यपी यस बिषयमा नवाजुद्दीनले कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment