Comments Add Comment

भदौमा ठूला फिल्म रिलिजको होड, अनमोलदेखि निश्चलसम्म आउने


तीज, गाईजात्रा, कृष्ण जन्माष्टमी लगायतका सार्वजनिक बिदा धेरै पर्ने भएकाले पनि भदौ महिना नेपाली चलचित्र निर्माताका लागि विशेष हुने गर्छ । हरेक वर्ष बैशाख नलाग्दै भदौमा चलचित्र प्रदर्शनको मिति सार्वजनिक गर्ने निर्माताहरुले यसपटक पनि त्यसै गरेका छन् । नायक अनमोल केसी अभिनित ‘कृ’ भदौ ८ गते रिलिज हुने भएको छ भने  निश्चल बस्नेत अभिनित ‘२ रुपैयाँ’ पनि रिलिज हुने तयारीमा छ।

यस्तै, भदौ २ गतेबाट आशिरमान देसराज जोशी र आना शर्माको मुख्य भूमिका रहने चलचित्र ‘ग्याङस्टार ब्लूज’को रिलिज डेट तोकिएको छ । आउँदो बर्षको सबैभन्दा बढी अपेक्षा गरिएका सबैजसो चलचित्र भदौमा प्रदर्शन मिति तोकेर बसेका छन् ।

सुरेन्द्र पौडेलको निर्देशन रहने ‘कृ’मा अनमोल र अदिती बुढाथोकी मुख्य भुमिकामा देखिदैछन् । अदिती सामाजिक सञ्जालमा राम्रो पकड भएकी मोडल समेत हुन् । अनमोल र अदितीको जोडी युवा दर्शकलाई मनपर्ने दाबी निर्देशकले गरे ।

यी बाहेक अन्य चलचित्र समेत भदौमै रिलिज हुन सक्ने निर्माताको अनुमान छ । भदौमा महिना सार्वजनिक विदा धेरै पर्ने र चाडवाडको माहोल हुने भएकाले पनि चलचित्र रिलिजका लागि निर्माताले मरिहत्ते गरेको चलचित्र संघका अध्यक्ष प्रदिप उदयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment