बुधबार, ७ भदौ, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

जब २० वटा मृगले हवाइजहाजमा यात्रा गरे…

अनलाइनखबर

केही समय पहिले खाडी देशका एक राजकुमारले विमानमा बाजलाई यात्रा गराएको समाचार चर्चित बनेको थियो । यो पाला चाहीँ जहाज चढ्ने पालो मृगको आएको छ ।

हो, २० जना बाह्रसिंगा मृगले हालै हवाइजहाजको यात्रा गर्ने मौका पाएका छन् । त्यो यात्रा लरतरो थिएन किनकि उनीहरुलाई एक विशेष समारोहमा लगिँदै थियो ।
वास्तवमा रुसको साइबेरियामा यी मृगहरुको विशेष समारोह हुन्छ ।

त्यसक्रममा मृगको दौडलगायतका विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । साइबेरियामा हिउँ जमिरहने हुनाले त्यहाँ सडक मार्गबाट जान गाह्रो हुन्छ । त्यसैले बाह्रसिंगाहरुलाई जहाजमा चढाएर लगिएको हो । विमान यात्राका क्रममा मृगहरुलाई गाह्रो नहोस् भनेर पर्याप्त गोठालाहरु पनि खटाइएको थियो । जसले मृगहरुलाई जहाजभित्र खाना तथा पानी खुवाउने काम गरेका थिए ।

मृगहरुको जहाज यात्राका तस्वीरहरु सोसल मिडियामा खुुबै चर्चित बनेका छन् । एजेन्सी

२०७३ चैत ७ गते १०:५६ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • Ajaya Pradhan लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:१५

    हौ अनि त्यो फोटो मृग कै हो त ,,, अति भयो कोठे समाचार

    0
    0
    Share

  • trump लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:२२

    kasto khalko mirga ho yo. gai goru jasto po dikhinxa ta

    0
    0
    Share

  • anup लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १०:४८

    k yo mirga ho???
    2 wota singh bhako mirga………….

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this