Comments Add Comment

चैत १२ बाट एनसेलको फ्री टि्वटर र विकिपिडिया सेवा बन्द


७ चैत, काठमाडौं । एनसेलले लामो समयदेखि दिँदै आएको निःशुल्क टि्वटर सेवा बन्द गर्ने भएको छ । आगामी चैत १२ गतेबाट एनसेलले आफ्नो फ्री ट्वीटर सेवा बन्द हुन लागेको बताएको छ ।

एनसेलका कर्पोरट सम्बादाता मिलनमणि शर्माकाअनुसार टि्वटरसँगको निःशुल्क सेवाबारेको समझौताको अवधि चैत १२ गतेबाट सकिनेछ । यस्तै अब एनसेललले निःशुल्क विकिपिडिया सेवा पनि बन्द गर्ने भएको छ ।

‘हामीले झण्डै साढे २ वर्ष यो सेवा दियौं ‘ शर्माले भने-‘ग्राहकले एनसेलप्रति देखाउनुभएको अटल विश्वाशप्रति हामी आभार पनि प्रकट गर्छौं ।’

एनसेलले २०१४ देखि नै फ्री टि्वटर सेवा दिँदै आएको थियो । अहिले एनसेलले आफ्ना प्रयोगकर्तालाई फ्री फेसबुकको सुविधा दिँदै आएको छ । फेसबुकसँगको सहकार्यमा सुरु भएको सेवा लोकप्रिय हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment